३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

सम्पादकीय

स्वच्छ प्रतिस्पर्धा बनाऊ

no-image

कोहलपुरको तेस्रो मेयर कप रनिङ्ग शिल्ड तथा १२ औं पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने तय गरिएको छ । पालिकाले प्रत्येक वर्ष रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको छ । विशुद्ध खेलाडी विद्यार्थी खेल क्षेत्रमा क्षमता विकास तथा अवसरका रुपमा लिईदै आएको छ । यो प्रतियोगितामा कोहलपुर नगरपालिका भित्र रहेका निजि तथा सरकारी विद्यालयको सहभागिता रहने छ । प्रतियोगिता खेलकुद ठुलो विषय होईन प्रतिस्पर्धाको माध्यमबाट स्वच्छ तथा अनुशासित बनाउनेमा आयोजक पक्ष गम्भिर बन्नै पर्छ । विद्यार्थी खेलाडी खेल खेल्नका लागि लालाईत हुने गर्छ ।

उनको चाहाना अनुसारको खेल तथा चाहाना अनुसारको खेल विद्या सहभागिता गराउनु पर्छ । एउटै खेलाडी तिन/चार खेल विद्या प्रतिस्पर्धा गर्ने अन्य विद्यार्थी अन्य विद्यार्थी अवसर प्राप्तिबाट बन्चित हुने गरेको पनि पाईन्छ ।खेलकुद प्रतियोगितामा फर्जी खेलाडी प्रवेश गराउने र खेलकुदमा जित्नै पर्ने मानसिकता बन्ने गर्दछ । प्रतियोगिता विद्यालय, विद्यार्थी र अभिभावक संग जोडिएको हुन्छ । अर्को पक्ष धाँधली गर्ने गरेको पाईन्छ । यी दुई कुराले खेलकुद प्रतियोगिता असहज बनाउने गरेको पाईन्छ । जस कारण स्वच्छ प्रतिस्पर्धा बाट उत्कृष्ट खेलाडी र क्षमतावान खेलाडी आउन सक्ने वातावरण बन्दैन ।यसलाई सहज बनाउन आयोजक पक्षलाई सोचनिय विषय बनाउनु पर्दछ । यो खेलकुदबाट छनोट भएका खेलाडीहरुले नै राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्य खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्न सक्नु पर्छ । प्रतियोगिता आयोजक पक्षले गम्भिर हिसाब प्रतियोगितालाई स्वच्छ तथा प्रतिस्पर्धि बनाउनु तर्फ लाग्न जरुरी रहन्छ । यस खलेकुद प्रतियोगिता विजय प्राप्त विद्यार्थी खेलाडीले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जित्न सफल हुन अग्रमी शुभकामना व्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस