सम्पादकीय

पार्कलाई आर्कषक बनाऊ

no-image

बैजनाथ बाँकेमा पार्क निर्माणको प्रक्रिया अगाडी बढाईएको छ । प्रदेश सरकार आर्थिक बजेट मार्फत पार्क निर्माण प्रक्रिया अगाडि बढाईएको छ । प्रदेश ५ नं. मुख्य मन्त्री शंकर पोखरेलले शिलान्यास समेत गरेका छन् । मानसरोवर प्रतिकात्मक उद्यन पार्कमा विभिन्न प्रजातिका बोट विरुवा, ताल, कैलास, शिवको मूर्ति , पिक्निक पार्क लगायका आर्कषण केन्द्रको रुपमा निर्माण गरिने छ । कर्णली प्रदेश, ५ नं. प्रदेश, ७ नं. प्रदेश केन्द्र विन्दुमा रहेको कोहलपुर नजिकमा रहेको बैजनाथ गाँउपालिका ६ लालपुर बाँकेमा अवस्थित रहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्तम ठाँउ रहेकाले पार्कको भविष्य राम्रो देखिएको छ । करिव ५ करोड लागत रकम निर्माण हुने पार्क २ वर्ष भित्र निमार्ण सम्भव गर्ने लक्ष्य राखिएको छ । पार्कलाई विशेष गरी घुम्न जाऔं भन्ने किसिमको बनाउन तयारी गरिएको छ । न्यू हरियाली सामुदायिक वन समुहको जग्गा बन्ने पार्क लाई जिवन्त बनाऊ स्थानियवासी सक्रिय हुनु पर्ने बेला आएको छ । स्थानियको सहभागिताले मात्र पार्क निर्माण र त्यसको लक्ष्य प्राप्ति गर्न सकिन्छ । पार्क निर्माण सँगै पर्यटकिय स्थलको रुपमा प्रचार–प्रचार गर्न जरुरी रहन्छ । व्यवस्थित पार्क निर्माण तर्फ सबैको ध्यान केन्द्रित गरांै ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७