सम्पादकीय

नेकपा समृद्धिका लागि एक होऔँ

no-image

लेनिनले भनेका थिए विचारको रंग हरियो र व्यवहारको रंग खैरो हुन्छ । यो भनाई र नेपाली राजनीतिक अवस्था भने ठ्याक्कै मेल खान्छ । झण्डै २ वर्ष अगाडी राजनीतिक स्थिरता र समृद्ध नेपालको अभियानको लक्ष्य सहित पार्टी एकता गरेका माओवादी र एमालेहरु कतै फुटको दिशामा त जादैनन् भनेर सर्वत्र चिन्ता व्यक्त गरेको पाईन्छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मृगौला प्रत्यारोपण सफल भएकोखबरले जनता धेरै खुशी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल उपचारमा जनता जति खुशी भए उनकै पार्टीका नेता कार्यकर्ता त्यही भावमा खुशी भए कि भएनन् एक खोजको विषय नै हो ।

जनता सँग बाचा गर्ने र पदमा पुगेर जनता लाई चटक्कै विर्सने परिपाटीको अन्त्य गर्दै प्रधानमन्त्री ओली दिगो विकासमा समर्पित भएर लागेको पाईन्छ । आज मुलुकले नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रस्तुत गरेका हरिया विचारहरुको कार्यान्वयनमा प्रतिबद्ध नेकपाको आवश्यकता महशुश गरेको छ ।मृत्यु सँग बारम्बार संघर्ष गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली अठोट र प्रतिज्ञा प्रति खरो उत्रेका छन् । जनताले यही अठोट,त्याग र साहास सिंगो नेकपा परिवारमा खोजेको छ । नेकपा जनताका लागि सुखी नेपाली समृद्ध नेपालका लागि लामबद्ध भएको जनता हेर्न चाहन्छन् । नेकपा स्वाभिमान,स्वाधिन र समृद्ध नेपालको अभियानमा लाग्नु नै आजको अपरिहार्यता हो । चेतना भया ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७