२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

७ प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स

कोरोना भाइरस महामारी विरुद्ध लड्न सरकार भन्दा भिन्न संयन्त्र आवश्यक छैन : प्रधानमन्त्री केपी शर्मा ओली

सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै उनले नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरे
कोरोना भाइरस महामारी विरुद्ध लड्न सरकार भन्दा भिन्न संयन्त्र आवश्यक छैन : प्रधानमन्त्री केपी शर्मा ओली

 

२९ चैत, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) महामारी विरुद्ध लड्न सरकार भन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शनिबार भएको भिडियो कन्फ्रेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’

शनिबार बिहान साढे ११ देखि पौने ४ बजेसम्म सिंहदरबार स्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । कुराकानीका क्रममा उनले लकडाउन तत्काल अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै उनले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने बताए ।

सीमामा अझ कडाइ गर्नुपर्ने भन्दै उनले नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरे । भिडियो कन्फ्रेन्सका क्रममा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ-आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

साभार अनलाईन खबर

प्रतिक्रिया दिनुहोस