२८ वर्षीया कल्पना भुसालको मृत्यु

आइतबार साँझ परेको चट्याङबाट पर्वतको फलेवास नगरपालिकाकी एक महिलाको मृत्यु

आइतबार अपराह्नबाट नै पर्वतमा मेघ गर्जनसहित भारी वर्षा भएको थियो
आइतबार साँझ परेको चट्याङबाट पर्वतको फलेवास नगरपालिकाकी एक महिलाको मृत्यु

बैशाख ८गते २०७७ पर्वत
आइतबार साँझ परेको चट्याङबाट पर्वतको फलेवास नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालकाअनुसार शंकरपोखरीको टारी स्थित गोविन्द प्रसाद भुसालकी श्रीमती २८ वर्षीया कल्पना भुसालको मृत्यु भएको हो। साँझ साढे ५ बजेको समयमा गोठमा बाख्रा बाँधिरहेको अवस्थामा उनलाई चट्याङले लागेको थियो। चट्याङबाट गम्भीर घाइते भएकी कल्पनालाई तत्कालै उपचारका लागि सदरमुकाम कुस्मामा रहेको पर्वत अस्पतालमा लगिएको भए पनि चिकित्सिकहरुले केही बेरमा नै मृत घोषित गरेका थिए। आइतबार अपराह्नबाट नै पर्वतमा मेघ गर्जनसहित भारी वर्षा भएको थियो। सो क्रममा लामो समयसम्म चट्याङका झिल्काहरू देखिएका थिए।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७