‘संसारका समस्याहरुको समाधान’ खोज्नु

संसारको तीब्र कम्प्युटरले पहिचान गर्‍यो कोभिड–१९ विरुद्धका ७७ सम्भाव्य औषधी

सुपर कम्प्युटरले चाहिँ भाइरल प्रोटिनमा एटम र पार्टिकलहरुले कसरी विभिन्न औषधीका कम्पाउण्डहरुप्रति प्रतिक्रिया गर्छ भनी सिमुलेसन गर्यो
संसारको तीब्र कम्प्युटरले पहिचान गर्‍यो कोभिड–१९ विरुद्धका ७७ सम्भाव्य औषधी

बैशाख १३,२०७७

सारा संसारका वैज्ञानिक जगत् यतिखेर कोरोनाभाइरसका विरुद्ध खोप एवं औषधी पत्ता लगाउने महाअभियानमा जुटेका छन् । विश्वलाई नै आफ्नो प्रकोप वर्षा गरिरहेको कोभिड–१९ का विरुद्ध औषधी र खोप पत्ता लगाउन जति ढिलो हुन्छ, उत्ति नै संक्रमित र हताहत हुनेको संख्या पनि बढ्दै जाने हुन्छ । त्यसैले वैज्ञानिकहरु रात दिन एक गरेर यसका विरुद्ध औषधी एवं खो पत्ता लगाउने अनुसन्धानमा जुटेका छन् ।
धेरैलाई थाहा नहुन सक्छ, वैज्ञानिकहरुको यो अनुसन्धानमा नासा र आइवीएमका सुपर कम्प्युटरहरु पनि उपयोग भइरहेका छन् । नासा र आइबीएमले आफ्ना सुपरकम्प्युटरहरु कोरोनाभाइरसको खोप बनाउने कोशिशमा जुटेका प्रयोगशाला, कम्पनीहरु र तत्सम्बन्धी प्राज्ञिक कर्ममा जुटेकाहरुलाई उपयोग गर्न दिइरहेका छन् ।

खासगरी, अत्यन्तै तीब्र गतिमा फैलिइरहेको कोभिड–१९ का विरुद्ध खोप र औषधीहरु पत्ता लगाउने दिशामा सबैभन्दा महत्वपूर्ण कुरा नै तीब्र गति हो र यसै कार्यको लागि संसारकै सबैभन्दा तीब्र गतिको कम्प्युटर (सुपर कम्प्युटर)ले सहयोग गर्न सक्छ ।
यसै सिलसिलामा आइबीएमको सुपर कम्प्युटर ‘समिट’ले हज्जारौं सिमुलेसनहरुको विश्लेषण गरेर नोबेल कोरोनाभाइसले मानिस कोशिकामा संक्रमण पुर्याउनबाट रोक्नका लागि कुन औषधी प्रभावकारी हुन्छ भन्ने कुरा थाहा पाउन सहयोग गरिरहेको छ ।

आइबीएमको उक्त समिट सुपर कम्प्युटर अमेरिकाको उर्जा विभागले सन् २०१४ मा तयार गर्न लगाएको हो । उक्त कम्प्युटरको मुख्य उद्देश्य नै ‘संसारका समस्याहरुको समाधान’ खोज्नु हो । भाइरसले मानिसको कोशिकामा स्पाइक नामक जेनेटिक पदार्थ घुसाएर संक्रमित तुल्याउने गर्छ । समिटको काम चाहिँ त्यो स्पाइकलाई नै बाँधिदिने औषधी पत्ता लगाउनु र त्यसको विस्तारको सम्भावनालाई रोक्नु हो ।

अनुसन्धानकर्ताहरुले कोरोनाभाइरसको स्पाइकको मोडेल सिर्जना गरे । समिट सुपर कम्प्युटरले चाहिँ भाइरल प्रोटिनमा एटम र पार्टिकलहरुले कसरी विभिन्न औषधीका कम्पाउण्डहरुप्रति प्रतिक्रिया गर्छ भनी सिमुलेसन गर्यो । त्यसक्रममा समिटले ८ हजारभन्दा बढी कम्पाउण्डहरुको सिमुलेशन गरेका थिए, जसले चाहिँ भाइरसको स्पाइक प्रोटिनलाई बाँध्न सकोस् । जसले गर्दा नोबेल कोरोनाभाइरस मानिस कोशिकामा फैलिने वा बृद्धि हुने कुरालाई रोक्न सकियोस् ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७