मृत्युको कारण बारे अनुसन्धान

आमा छोरी सेती नदीमा मृत फेला

उनीहरू ३ दिनदेखि हराइरहेकोमा शनिबार तनहुँ ऋसिङ गाउँपालिका ३ मास्तीघाटस्थित सेती नदीमा मृत फेला परेका हुन्
आमा छोरी सेती नदीमा मृत फेला

बैशाख १४ गते २०७७ ,पोखरा

आमा छोरी सेती नदीमा मृत फेला परेका छन्। उनीहरू ३ दिनदेखि हराइरहेकोमा शनिबार तनहुँ ऋसिङ गाउँपालिका ३ मास्तीघाटस्थित सेती नदीमा मृत फेला परेका हुन् ।

तनहुँ ब्यास नगरपालिका १, भादगाँउ बस्ने हरिकृष्ण श्रेष्ठकी श्रीमती ३४ बर्षिय रविता श्रेष्ठ र उनी छोरी ११ बर्षिय प्रियाको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको हो । उनीहरूको मृत्युको के कति कारण भयो भन्नेबारे अनुसन्धान अघि बढाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जानकारी दियो। रविताका पति कामको शिलशिलामा भारतमा छन्।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७