२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

समस्या र समाधान समेतमा प्रस्तुत गरिएका विचारहरु

बर्तमान सरकार राष्ट्रवादी र जनपक्षिय भएका कारण  भित्र र बाहिर बाट घेराबन्दी र आक्रमण :नेकपाका नेता शंकर पोखरेल

केपी ओली नेतृत्वको सरकार र पार्टी दुवै जनताको अनुमोदनको विधि बाट स्थापित भएकाले जनादेशको अपमान नगरौ : नेता शंकर पोखरेल
बर्तमान सरकार राष्ट्रवादी र जनपक्षिय भएका कारण  भित्र र बाहिर बाट घेराबन्दी र आक्रमण :नेकपाका नेता शंकर पोखरेल

बैशाख २६ गते २०७७

जनता लाई सुखी नेपाली समृद्ध नेपालको अभियानमा एकीकृत गर्न सफल बर्तमान सरकार राष्ट्रवादी र जनपक्षिय भएका कारण  भित्र र बाहिर बाट घेराबन्दी र आक्रमण भईरहेको दावी गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संसदिय प्रणालीमा कार्यकारी लाई बलियो बनाउन अध्यादेश बाध्यात्मक कदमका रुपमा आए पनि फिर्ता भएकोले चर्चा गर्न आवश्यक नरहेको बताएका छन् ।

नेता पोखरेलले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश संवैधानिक परिषद लाई सुदृढ तुल्याउन,संसदमा लोकतन्त्र र लोकतान्त्रिक अभ्यास लाई सकृय बनाउन असल नियतका साथ ल्याईएको तर समय अलि ठिक नभएकाले फिर्ता लिएको विषय माथिको टिप्पणी चर्चा अनावश्यक बखेडाका रुपमा रहेको बताए ।

नेकपाका स्थायी कमिटिका सदस्य समेत रहेका बैचारिक नेता शंकर पोखरेल केपी ओली नेतृत्वको सरकार र पार्टी दुवै जनताको अनुमोदनको विधि बाट स्थापित भएकाले जनादेशको अपमान गर्न नहुने समेत दावी गरे उनै नेता पोखरेलले  एक टेलिभिजन अन्तरवार्तामा पछिल्लो समय नेकपामा देखिएका समस्या र समाधान समेतमा प्रस्तुत गरिएका विचारहरु अध्ययन गर्नै पर्ने पाठकहरुको माग लाई ध्यानमा राखि प्रस्तुत अन्तरवार्ता साभार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस