पार्टी र संसदीय दलमा उजुरी

नेकपा सांसद कृष्ण थापालाई कारवाही गर्न पार्टीभित्रैबाट उजुरी

जातीय विभेदको विषयमा पीडक पक्षको पक्षपोषण गरी प्रेस विज्ञप्ति जारी गरेको भन्दै नेकपा नेता एवं गण्डकी प्रदेशसभा सांसद कृष्ण थापालाई पार्टीभित्रैबाट कारवाहीको माग
नेकपा सांसद कृष्ण थापालाई कारवाही गर्न पार्टीभित्रैबाट उजुरी

बैशाख २७ गते २०७७

जातीय विभेदको विषयमा पीडक पक्षको पक्षपोषण गरी प्रेस विज्ञप्ति जारी गरेको भन्दै नेकपा नेता एवं गण्डकी प्रदेशसभा सांसद कृष्ण थापालाई पार्टीभित्रैबाट कारवाहीको माग गरिएको छ ।

कास्की क्षेत्र नम्बर २ ‘क’ का सांसद तथा नेकपा जिल्ला अध्यक्षसमेत रहेका थापालाई कारबाही गर्न पार्टीभित्रैबाट उजुरी परेको हो ।नेकपानिकट दलित नेता एवं संगठनले नेकपा प्रदेश सभा दल र प्रदेश कमिटीमा कारवाहीको माग गर्दै उजुरी बुझाएका छन् ।

‘पार्टीका विभिन्न दलित संगठन, प्रदेश सभा सदस्यसमेतले जातीय विभेदको विषयमा विज्ञप्ति जारी गरी पीडककै पक्ष लिएको र दलित अधिकारको लडाईं लडिरहेकाहरुमाथि आँच पु¥याएको भन्दै निवेदन दिनुभएको छ,’ मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेकपा प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले भने, ‘मुख्यमन्त्री र पार्टी अध्यक्ष दुबैजना बाहिर रहेकाले मैले नै निवेदन बुझेको हुँ । उहाँहरु आएपछि छलफल हुन्छ ।’

प्रदेश तथा जिल्ला कमिटी, प्रदेश सभा संसदीय दल, दलित मुक्ति मोर्चा, उत्पीडित जातीय मुक्ति समाज, दलित जनप्रतिनिधिहरुले थापाको अभिव्यक्तिको भत्र्सना गर्दै कारबाहीको माग गरेका छन् ।

प्रहरी अनुसन्धानमै रहेको विषयलाई जातीय सद्भाव खल्बल्याउने काम भइरहेको र पक्राउ परेका व्यक्तिलाई बिना सर्त रिहा गर्न सांसद थापाले विज्ञप्तिमार्फत माग गरेका थिए ।

सांसद थापाले दलित अधिकारको लडाइँमाथि नै आँच पु¥याउने काम गरेको भन्दै ५० जना दलित नेता–कार्यकर्ताले हस्ताक्षर गरी पार्टी र संसदीय दलमा उजुरी हालेका हुन् ।

दुबईमा निधन भएका पोखरा–१६ बाटुलेचौरका सम्मरबहादुर सुनारको किरिया गर्न सार्वजनिक किरिया समाजघर दिन बञ्चित गरिएको र जातीय विभेद गरिएको मोहन सुनारले किटाने जाहेरी दिएका थिए । मोहन सम्मरका दाजु हुन् ।

मोहनकै किटानी जाहेरीका आधारमा प्रहरीले किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष रामबहादुर जिसी र जनक थापा पक्राउ परेका छन् । षडयन्त्रपूर्वक प्रहरीले हिरासतमा लिएकानेकपा वडा नम्बर १६ का सचिवालय सदस्य रामबहादुर र जनकलाई रिहाईको माग गर्दै सांसद थापाले विज्ञप्ति निकाले ।

किटानी जाहेरी दिने मोहन स्वयं नेकपा जिल्ला सदस्य छन् । सांसद थापा वडा नम्बर १६ कै स्थायीवासी हुन् । सांसद थापाले निकालेको विज्ञप्तिले जातीय विभेदलाई प्रश्रय कदिएको भन्दै परियार सेवा समाज, मिजार समाज र विश्वकर्मा समाज राष्ट्रिय महासंघले पनि भत्र्सना गरेका छन् ।

पोखराको यो विवाद सर्वसाधारणका वीचको सामाजिक विभेद नभई नेकपाका जिल्ला नेताहरुवीचमै देखिएको विवाद हो । नेकपाको विधानमा जातीय विभेद गर्ने पार्टीको सदस्य हुन नसक्ने प्रावधान छ । केही महिनाअघि पार्टीले जारी गरेको आचार संहितामा पनि जातीय विभेदलाई पूर्णत निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७