मन्त्रालयका अनुसार मृतक महिला सुत्केरी हुन्

नेपालमा कोरोनाबाट मृत्युको पहिलो घटना, २९ वर्षीय महिलाको मृत्यु भएको पुष्टि

तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैको उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ
नेपालमा कोरोनाबाट मृत्युको पहिलो घटना, २९ वर्षीय महिलाको मृत्यु भएको पुष्टि

जेष्ठ ३ गते २०७७

नेपालमा कोरोनाभाइरसबाट पहिलो पटक एक जनाको मृत्यु भएको घटना बाहिर आएको छ ।  सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको शनिबार राति एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

मन्त्रालयका अनुसार मृतक महिला सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा शिशुको जन्म दिएकी थिइन् । उनि  २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । तर घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैको उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७