टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको दाहसंस्कार गर्न शव पशुपति ल्याइयो

मृतकलाई शवबहानमा राखेर र अगाडि पछाडि सेना र प्रहरीले स्कर्टिङ गरेर पठाएका हौं :प्रहरी प्रमुख रविकुमार पौडेल
धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको दाहसंस्कार गर्न शव पशुपति ल्याइयो

जेष्ठ ३ गते २०७७

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको शव दाहसंस्कारका लागि पशुपति आर्यघाट ल्याइएको छ। मृतकको शव नेपाल प्रहरी र सेनाको टोलीले ल्याएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिए।

यहाँबाट शव दाहसंस्कारका लागि पशुपति लगिएको हो, उनले भने, मृतकलाई शवबहानमा राखेर र अगाडिपछाडि सेना र प्रहरीले स्कर्टिङ गरेर पठाएका हौं।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ।

धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको हो।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७