अहिले व्यारेक पूरै सिल

महोत्तरीमा रहेको मध्यपूर्वी पृतनामा कार्यरत उच्च अधिकृत र त्यहाँ कार्यरत चिकित्सकलाई शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि

कोरोना संक्रमित सेनाका चिकित्सक बाहिर विभिन्न कारणले जान पर्ने भएकाले उनैबाट सरेको हुन सक्ने सैन्य विश्लेषण छ
महोत्तरीमा रहेको मध्यपूर्वी पृतनामा कार्यरत उच्च अधिकृत र त्यहाँ कार्यरत चिकित्सकलाई शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि

जेष्ठ ५ गते २०७७
कोरोना संक्रमण भएका नेपाली सेनाका वरिष्ठ अधिकृतका सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ। महोत्तरीमा रहेको मध्यपूर्वी पृतनामा कार्यरत उच्च अधिकृत र त्यहाँ कार्यरत चिकित्सकलाई शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

आफ्ना उच्च अधिकृतलाई कोरोना भाइरस पुष्टि भएपछि सेनाले यसको कारण खोज्न सुरू गरेको हो। हामीले ट्रेसिङको काम गरिरहेका छौं। दुवैजनाको सम्पर्कमा आएकाहरूको खोजी गरेर आइसोलेसनमा राख्ने काम भइरहेको छ,सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले  भने,अहिले व्यारेक पूरै सिल गरिएको छ। व्यारेकमा अझै सतर्कता अपनाउन निर्देशन दिइएको छ।

पृतनामा कार्यरत चिकित्सकबाट ती उच्च अधिकृतलाई कोरोना संक्रमण भएको हुन सक्ने सेनाको अनुमान छ। सेनाले सुरूमा बाराको युनिफिकेसन पार्क शिलान्यासका क्रममा सरेको अनुमान गरिएको थियो। तर पार्क शिलान्यासमा गएका अन्य उच्च अधिकृतलाई कोरोना भाइरसको संक्रमण नदेखिएकाले बाराबाट नसरेको सेनाको बुझाइ छ। कोरोना संक्रमित सेनाका चिकित्सक बाहिर विभिन्न कारणले जान पर्ने भएकाले उनैबाट सरेको हुन सक्ने सैन्य विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७