३ सय चार मध्ये हालसम्म ३६ जना डिस्जार्च

नेपालमा कोरोना संक्रमित ३सय नाघे, थप ९ जनामा संक्रमण

काठमाडौंमा गरिएको परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक महिलामा संक्रमण देखिको हो
नेपालमा कोरोना संक्रमित ३सय नाघे, थप ९ जनामा संक्रमण

जेष्ठ ५ गते २०७७

नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या ३ सय ४ पुगेको छ। आज देखिएका संक्रमित रौतहट र बाराका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। काठमाडौंमा गरिएको परीक्षणमा रौतहटमा पुष्टि भएका सबै पुरुष र बारामा एक महिलामा संक्रमण देखिको हो। कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

कुल संक्रमित ३ सय ४ मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन्। अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ९५ हजार ९ सय २९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २८ हजार १ सय ६० जनाको पिसिआर र ६७ हजार ७ सय ६९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हिजो नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७