अस्पतालमा कार्यरत १२ जनामा आरडिटी पोजेटिभ

१२ स्वास्थ्यकर्मीसहित सिन्धुलीका २० जनामा आरडिटी पोजेटिभ

आरडिटी गरिएका १ सय ५९ जनामध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको हो : प्रमुख जितेन्द्र शाह
१२ स्वास्थ्यकर्मीसहित सिन्धुलीका २० जनामा आरडिटी पोजेटिभ

जेष्ठ ५ गते २०७७

जिल्ला अस्पतालमा सोमबार गरिएको ¥यापिट डाइग्नोस्टिक टेस्टमार्फत २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। सिन्धुली अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी, कर्मचारी र अन्य ८ जना जिल्लाका सरकारी कर्मचारीको रिपोर्ट पोजेटभ आएको हो। जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार आरडिटी गरिएका १ सय ५९ जनामध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको हो। पोजेटिभ देखिएका २० जनाकै पिसिआर परीक्षणका लागि मंगलबार थ्रोट स्वाब संकलन गरेर पठाइने तयारी भइरहको शाहले बताए।

सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर प्रसन्नराज भण्डारीका अनुसार अस्पतालमा कार्यरत १२ जनामा आरडिटी पोजेटिभ देखिएपछि अस्पतालमा सुरक्षामा कडाइ गरिएको छ। अस्पतालमा अहिले अत्यावश्यकबाहेक अरु बिरामीहरुलाई प्रवेशमा रोक लगाइएको अस्पताल विकास समितिका अध्यक्ष प्र्रह्लाद पोख्रेलले बताए। पोजेटिभ देखिएकाहरुको स्वाब संकलन गरेर हेटौंडा अथवा काठमाडौं पठाइनेबारे छलफल भइरहेको छ। उनीहरुलाई क्‍वारेन्टाइनमा राखिने अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले बताए। तर क्‍वारेन्टाइन मापदण्ड अनुसारको नहुँदा समस्या भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७