टेकुस्थित केन्द्रीय प्रयोगशाला पुष्टि

बाराको सिम्रौनगढमा थप ६ जनामा कोरोना संक्रमण

क्वारेन्टाइनबाट कलैया अस्पताल ल्याउने तयारी, संक्रमित सबै जना भारतबाट मजदुरी गरी आएका व्यक्तिहरु हुन्
बाराको सिम्रौनगढमा थप ६ जनामा कोरोना संक्रमण

जेष्ठ ९ गते २०७७

बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । प्रजिअ पण्डितका अनुसार संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका रहेका छन् ।

गत जेठ ७ गते उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । हेटौंडाले पनि उनीहरुको रिपोर्ट कन्फर्म गर्नका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो । प्रजिअ पण्डितले काठमाडौंबाट आफूलाई उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी आएको बताए । उनीहरुलाई क्वारेन्टाइनबाट कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमित सबै जना भारतबाट मजदुरी गरी आएका व्यक्तिहरु हुन् ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७