३८ अर्ब हाराहारीको बजेट आउने

५ नं प्रदेश सभाको छैटौ अधिवेशनको दोस्रो बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादव बाट नीति तथा कार्यक्रम प्रस्तुत( प्रत्यक्ष प्रसारण )

असार १ गते प्रदेश सभामा बजेट पेस गर्नुभन्दा कम्तीमा १५ दिनअगावै नीति तथा कार्यक्रम पेश गर्नुपर्ने प्रावधान अनुरुप आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरीषद्ले निर्णय
५ नं प्रदेश सभाको छैटौ अधिवेशनको दोस्रो बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादव बाट नीति तथा कार्यक्रम प्रस्तुत( प्रत्यक्ष प्रसारण )

जेष्ठ १० गते २०७७

असार १ गते प्रदेश सभामा बजेट पेस गर्नुभन्दा कम्तीमा १५ दिनअगावै नीति तथा कार्यक्रम पेश गर्नुपर्ने प्रावधान अनुरुप आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्रिपरीषद्ले निर्णय गरेको थियो। आर्थिक वर्षको अन्तिम चौमासिकमा कोरोना संक्रमणका कारण शिथिल बन्न गएको प्रदेशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष प्राडा ईश्वर गौतमले बताए। अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन लकडाउनका कारण बेरोजगार भएर सिंचित ठूलो श्रमशक्तिलाई पुनः काममा फर्काउने खालका कार्यक्रम ल्याइन लागिएको उनको भनाइ छ। कृषि क्षेत्रमा मानिसको आवद्धता कम हुँदैं गएको सन्दर्भ र अब बढ्न सक्ने बेरोजगारको समस्यालाई हल गर्न  सरकारले कृषि क्षेत्र र कृषिजन्य उद्योग केन्द्रीत कार्यक्रमहरु बनाएको उनले बताए।

३८ अर्ब हाराहारीको बजेट आउने असार १ गते प्रदेशसभामा पेस गर्ने गरी सरकार अहिले आर्थिक बर्ष २०७७र७८ को वार्षिक बजेट निर्माणमा जुटेको छ। योजना आयोगका अनुसार चालु आर्थिक वर्षभन्दा केही ठूलो आकारको बजेट ल्याउन लागिएको आयोगको भनाइ छ। उपाध्यक्ष डा.गौतमका अनुसार ३८ अर्ब हाराहारीको बजेट आउनेछ। उक्त बजेट कृषि, रोजगार सिर्जना, स्वास्थ्य र चालु आर्थिक वर्षका नियमित कार्यक्रमहरुमा केन्द्रीत हुने उनको भनाइ छ। सरकारले चालु आर्थिक वर्षका लागि कुल ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको थियो।

’ कोरोना महामारीबाट शिथिल हुनसक्ने अर्थतन्त्रको पुनरुत्थानलाई प्रथामिकतामा राखेर कृषि उत्पादनको निरन्तरता र बिदेशबाट फर्कन सक्ने श्रमशक्तिलाई रोजगारीको सिर्जनामा ध्यान केन्द्रीत गरेर बजेट बनाइरहेको मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

प्रदेश प्रमुखले प्रदेश ५को संसद भवनमा गरेको सम्बोधनको प्रत्यक्ष प्रसारण

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७