३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१

बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा बुधबार मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलालीको लम्कीचुवा नगरपालिका-२ निवासी ४३ वर्षीया महिलामा न्यूरोसम्बन्धी समस्या देखिएपछि गत जेठ ३१ गते नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो
बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा बुधबार मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि

असार ४ गते २०७७
बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा बुधबार मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतक महिलामा संक्रमण भएको पुष्टि गरे।

उहाँको आज बिहान ११ बजे मृत्यु भएको थियो। साँझ आएको रिपोर्टमा कोरोना पोजेटिभ देखियो। अब भोलि सेनाको टोलीले शव व्यवस्थापन गर्ने तयारी छ, उनले भने।

कैलालीको लम्कीचुवा नगरपालिका-२ निवासी ४३ वर्षीया महिलामा न्यूरोसम्बन्धी समस्या देखिएपछि गत जेठ ३१ गते नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो। शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। बुधबारै सुर्खेतमा गत असार १ गते आत्महत्या गरेकी एक युवतीमा पनि कोरोना संक्रमण देखिएको छ। यसलाई कोरोनाबाट मृत्यु भएको संख्यामा समावेश गर्ने वा नगर्नेबारे स्वास्थ्य मन्त्रालयले जानकारी गराउने छ।
साभार सेतोपाटी डिजिटल पत्रिका

प्रतिक्रिया दिनुहोस