२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

‘हेड टु हेड’ को आधारमा अगाडि

बार्सिलोनालाई उछिनेर रियल अगाडि

आइतबारका अन्य खेलमा भ्यालेन्सियाले ओसासुनालाई २–० ले हरायो भने सेल्टा भिगोले एलाभेसलाई ६–० ले पन्छायो
बार्सिलोनालाई उछिनेर रियल अगाडि

असार ८ गते २०७७

रियल म्याड्रिडले स्पेनी ला लिगाको उपाधि होड आफ्नो नियन्त्रणमा लिन आइतबार राति रियल सोसिडाडलाई २–१ ले हरायो । यो जितपछि रियलले बार्सिलोनालाई उछिनेर अंक तालिकाको शीर्ष स्थान पनि कब्जा गरेको छ । कप्तान सर्जियो रामोसको गोलले ५० औं मिनेटमा रियलले अग्रता लिएको थियो । त्यसपछि खेल विवादास्पद रह्यो र सोसिडाडको गोललाई ‘भार’ ले अमान्य घोषित गरिदियो ।

करिम बेन्जेमाले ७१ औं मिनेटमा रियलको अग्रता दोब्बर बनाए । खेल सकिन सात मिनेट अगाडि मेरिनाले सोसिडाडका लागि एक गोल भने फर्काए । जिनेदिन जिदानको रियल र बार्सिलोनाको समान ३० खेलबाट ६५ अंक रहेको छ ।तर रियल दुई टिमबीचको ‘हेड टु हेड’ को आधारमा अगाडि रहेको हो । आइतबारका अन्य खेलमा भ्यालेन्सियाले ओसासुनालाई २–० ले हरायो भने सेल्टा भिगोले एलाभेसलाई ६–० ले पन्छायो ।

प्रतिक्रिया दिनुहोस