३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

पानी जमेर ताल

संखुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो,पहिरोले थुनियो अरुण

अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेसी, मनकामना लगायत क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह
संखुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो,पहिरोले थुनियो अरुण

असार ८ गते २०७७

संखुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ ।
आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुमार करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब तीन सय मिटर पानी जमेर ताल बनेको छ ।
स्थानीयवासी हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए । घटनाको विस्तृत जानकारी आइसकेको छैन । प्रहरीले अरुण आसपासको बस्ती, अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेसी, मनकामना लगायत क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस