३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

दलिततर्फ दुईजनाको कोटामा एकजना मात्र सफल

सशस्त्रको इन्स्पेक्टर पदको भर्नामा आरक्षण तर्फ मागभन्दा थोरै उत्तीर्ण

५८ जना इन्स्पेक्टर भर्नामा महिलाको लागि पाँचजनाको कोटा, जसमा चारजना मात्र उत्तीर्ण भए
सशस्त्रको इन्स्पेक्टर पदको भर्नामा आरक्षण तर्फ मागभन्दा थोरै उत्तीर्ण

असार ८ गते २०७७

सशस्त्र प्रहरी बलको इन्स्पेक्टर पदको भर्नामा आरक्षण कोटातर्फ मागभन्दा थोरै मात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन । महिला, दलित र अमर तथा अशक्त प्रहरीको कोटामा मागभन्दा थोरै उत्तीर्ण भएका हुन् । ५८ जना इन्स्पेक्टर भर्नामा महिलाको लागि पाँचजनाको कोटा थियो । जसमा चारजना मात्र उत्तीर्ण भएका छन् भने दलिततर्फ दुईजनाको कोटामा एकजना मात्र सफल भएका छन् ।

त्यस्तै अमर तथा असक्त प्रहरीको सन्तानका लागि रहेको एउटा कोटामा कोही पनि सफल हुन सकेनन् । लोकसेवा आयोगले सशस्त्र प्रहरी इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा सोमबार प्रकाशित गरेको छ । लकडाउनको कारण नतिजा रोकिएको थियो । सशस्त्र प्रहरीको भर्नामा विगत देखि नै मागभन्दा थोरै उत्तीर्ण हुने गरेका छन् । लोकसेवा आयोगले लिखित परीक्षा लिन थाले यता यस्तो भएको हो । प्रहरीको भर्नाको पाठ्यक्रम कठिन भएको भन्दै एकपटक संशोधनसमेत भइसकेको छ ।

 

साभार नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस