३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

४० वटा समुहमा आवद्ध १ हजार सदस्य

कोहलपुर नगरका हरेक घर अब तरकारीमा आत्मनिर्भर बन्छन् : अध्यक्ष बिजुला अधिकारी

साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्तरगत रु ३ लाख वितरण :कार्यक्रम संयोजक चन्द्रकला न्यौपाने
कोहलपुर नगरका हरेक घर अब तरकारीमा आत्मनिर्भर बन्छन् : अध्यक्ष बिजुला अधिकारी

असार ८ गते २०७७

कोहलपुर नगरपालिका,महिला उपकार मञ्च र हेफरको साझेदारीमा कोहलपुर नगरपालिकाका साना किसान लाई रु ३ सयका दरले ३ लाख वितरण गरिएको महिला उपकार मञ्चकि अध्यक्ष विजुला अधिकारीले बताईन् ।उनले यो कार्यक्रमले हरेक घर लाई तरकारीमा आत्मनिर्भर बनाउने दावी गरिन् । कोहलपुर नगरपालिका को वडा नं १,२,३,७,८,१०,१२,१३ र १४ मा रहेको १ हजार साना किसानलाई साना किसान उद्यमी सुदृढीकरण परियोजना अन्तरगत रु ३ लाख वितरण गरिएको कार्यक्रम संयोजक चन्द्रकला न्यौपानेले जानकारी दिईन् ।कोहलपुर नगरपालिका भित्रका परियोजना सञ्चालित वडाका ४० वटा समुहमा आवद्ध १ हजार सदस्यहरुलाई उक्त रकम तरकारी खेतीमा प्रोत्साहित गर्ने उद्देश्यले वितरण गरिएको सामुदायिक सहजकर्ता बिमला वि.कले बताईन् ।आज वडा नं १ का ४ वटा समुह र वडा नं १० का २ वटा ,वडा नं ३ का २ वटा समुहका साना किसान लाई करेसाबारी तरकारीमा सहयोग पुगोस् भनि आज रकम वितरण गरिएको सामुदायिक सहजकर्ता अनुप भुषालले बताए ।

प्रतिक्रिया दिनुहोस