२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

कुल संक्रमितको संख्या ९ हजार ५सय ६१

रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

देशभरका क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना छन्
रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

असार ८ गते २०७७

पछिल्लो २४ घण्टामा थप ५सय३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ९हजार ५सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक ओखलढुंगाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज भेटिएका थप संक्रमित 

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५/१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२र१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५/५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २/२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ९ हजार ५सय ६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २हजार१सय४२ डिस्चार्ज भएका छन् ।

अहिले पनि देशभरका क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना छन् । यस्तै हालसम्म१ लाख ८१ हजार २सय७१ नमुनाको आरडिटी र पिसिआर टेस्ट गरिएको छ । २ लाख ६८ हजार १सय३ र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस