३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

प्रतितोलामा ४ सय रुपैयाँले बढेको

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९१ हजार

अन्तर्राष्ट्रिय वस्तु बजारमा सुनको मूल्य निकै उतारचढावपूर्ण रहेकाले आउँदा दिनमा स्वदेशी बजारमा अझै बढ्ने अनुमान
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९१ हजार

असार ९ गते २०७७

घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा प्रतितोलामा ४ सय रुपैयाँले बढेको हो । विश्वबजारमा सुनको मूल्य बढे पछि नेपाली बजारमा पनि आकासिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२.८० अमेरिकी डलर पुगेको छ ।

यस्तै, अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस १७.८८ डलर पुगेको छ । मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको बाँके सुनचाँदी व्यवसायी संघका अध्यक्ष बुद्धि बहादुर विकले बताए ।

अन्तर्राष्ट्रिय वस्तु बजारमा सुनको मूल्य निकै उतारचढावपूर्ण रहेकाले आउँदा दिनमा स्वदेशी बजारमा अझै बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस