३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

चार सवारी साधन पुरिदां ३ जनाको ज्यान

पाल्पाको पहिरोमा ज्यान गुमाउनेको संख्या ३

पहिरोले सवारी साधन पुर्दा दुईजनाको घटनास्थलमै र एकजनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए
पाल्पाको पहिरोमा ज्यान गुमाउनेको संख्या ३

असार ९ गते २०७७

पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ११ सम्मवारीमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ। तानसेन देखि ५ किलोमिटर पश्चिम तानसेन रिडी सडकखण्डको ५ कि.मी. पश्चिम सम्मवारीमा गएको पहिरोमा चार सवारी साधन पुरिदां ३ जनाको ज्यान गएको हो। सोमबार दिउँसो पहिरो हटाउदै गर्दा पुनः माथिबाट पहिरो झर्दा सडकमा रोकिएका चारवटा सवारी साधन पुरिन पुगेका थिए।

पहिरोले सवारी साधन पुर्दा दुईजनाको घटनास्थलमै र एकजनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए। सोमबार अपरान्ह पौने ५ बजे पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करलाई माथिबाट झरेको पहिरोले सडकदेखि तल बगाएको थियो ।

पहिरोमा परी चितवनका वीर बहादुर गुरुङ, होक्से(४ काभ्रेका निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चा रहेको पाण्डेले जानकारी दिए। मृतक सबै तीनैजना ट्याङ्करमा रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ। त्यस्तै लु २ च ७०४३ नम्बरको अल्टो कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका थिए। ती गाडीमा क्षति पुगेपनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस