३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

असार १ गतेदेखि लकडाउन खुकुलो

अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन हुने :उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल

अब नागरिक आफैंले पनि सजकता अपनाउनुपर्छ,आफ्ना गतिविधि गर्दा भौतिक दूरी कायम गर्नुपर्छ
अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन हुने :उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल

असार ९ गते २०७७
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब सोलोडोलो रूपमा लकडाउन नहुने बताएका छन्। सुरूवाती दिनहरूमा सबैतिर एउटै किसिमको लकडाउन गरिएको भए पनि अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन हुने पोखरेलको भनाइ छ। कोभिड(१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सोमबार बिहान सेतोपाटीसँग कुराकानी गर्दै सामान्य अवस्था नआउँदासम्म भीडभाड हुने ठाउँहरू बन्द रहने बताए।

अब मोडालिटीअनुसार नै लकडाउन अगाडि बढ्छ। स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट सञ्चालन हुँदैनन्। सार्वजिनक सभा समारोह पनि गर्न पाइँदैन, उनले भने,संक्रमण भएर सोचेभन्दा भयावह ढंगले आयो भने निश्चित क्षेत्रलाई पूर्ण रूपमा सिल गर्नुपर्छ। तर पहिलाजस्तो गरी सबैतिर बन्द हुँदैन।

सरकारले लकडाउन खुकुलो पारेको भन्दा पनि लकडाउनको मोडालिटी परिवर्तन गरेको उनले बताए। जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको नयाँ मोडालिटी बनाएको थियो। त्यसपछि मानिसको आवतजावतलाई केही खुकुलो पारिएको छ भने दैनिक गतिविधि पनि बढेका छन्।

गृह मन्त्रालयले लकडाउन व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड २०७७समेत जारी गरिसकेको छ। सार्वजनिक यातायात, उद्योग व्यवसाय कसरी चलाउने र दैनिक अन्य गतिविधि कसरी गर्ने भन्ने सन्दर्भमा नयाँ मोडालिटी ल्याइएको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ।

हिजोकै अवस्थामा भन्दा नयाँ ढंगले जोररबिजोर प्रणालीअनुसार सवारी साधन चलाउन भनिएको छ। अन्तर जिल्ला आवागमन हुन नदिने र प्रभावित भएका ठाउँ, पकेट सिल गरेर लैजाने भन्ने नीति लिइएको छ, उनले भने,निश्चित मापदण्डका आधारमा खोलिएको हो। त्यसैले अब नागरिक आफैंले पनि सजकता अपनाउनुपर्छ। आफ्ना गतिविधि गर्दा भौतिक दूरी कायम गर्नुपर्छ।

खानपिनलाई सुधार गर्ने, व्यायाम गर्ने, सरसफाइमा ध्यान दिँदै कोभिड-१९ को रोकथामका लागि अगाडि बढ्नु पर्ने उनले बताए।

महामारीबाट पनि बच्नु पर्ने र सँगै भोकमरीसँग पनि जुध्नुपर्ने भएकाले यसका लागि गतिविधि बढाउन मोडालिटी परिवर्तन गरिएको उनको भनाइ छ।

मान्छे आफू पनि सचेत हुनुपर्छ। आफैं सचेत नहुने हो भने यो त सरकारले खाली कर्फ्यू लगाएजस्तो मात्रै गरेर हुँदैनु, उनले भने,मान्छेले आफैं बुझ्नपर्छ। सरकारले डण्डा लगाएर भौतिक दूरी कायम हुने त होइन। खबरदार भनेर मात्रै हुँदैन।

सरकारले भने अनुसारको जोररबिजोर प्रणाली पालना गर्न उनले आग्रह गरेका छन्। मालवाहक गाडी नरोक्ने र उद्योग व्यवसाय पनि निश्चित प्रोटोकल पालना गरेर चलाउन भनिएको छु, उनले भने,कामदारलाई ल्याउने, राख्ने र लैजाने अनि सरसफाइमा ध्यान दिने कुरालाई ख्याल गर्नुपर्छ।

कृषि उत्पादन ल्याउने लैजाने र औद्योगिक कामहरू पहिलादेखिनै भइरहेको उनले बताए।

सरकारले कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै गत चैत ११ देखि देशव्यापी लकडाउन गरेको थियो। साढे दुई महिना बढी भएको देशव्यापी लकडाउनले अर्थतन्त्रमा गहिरो प्रभाव पारेको भन्दै असार १ गतेदेखि लकडाउन खुकुलो पारिएको छ।

प्रतिक्रिया दिनुहोस