१ आश्विन २०७७, बिहीबार || 17 Sep 2020, Thursday

९ असार, बुटवल

पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार

मंगलबार दिउँसो पहिरोमा थप एक जनाको शव फेला परेसँगै मृत हुनेको संख्या चार पुग्यो
पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार

९ असार, बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मंगलबार दिउँसो पहिरोमा थप एक जनाको शव फेला परेसँगै मृत हुनेको संख्या चार पुगेको हो । मंगलबार मृत फेला परेका व्यक्ति झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बुद्धचोकका १८ वर्षीय कुमार तामाङ रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनी पानी बोक्ने ट्यांकरका सहचालक हुन् । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पाको शव गृहमा राखिएको छ ।

यसअघि पाल्पाको रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रे पाँचखाल नगरपालिका–८ हुक्से बजारका २८ वर्षीय निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका २९ बांगेसालका ३३ वर्षीय वीरबहादुर गुरुङको शव फेला परेको थियो । उनीहरु मध्ये दुईजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको थियो ।

पाल्पा–गुल्मी सडकखण्डअन्तर्गत तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित सम्मोबारीमा अविरल वर्षासँगै आएको पहिरोले लु २ ख १३७६ नम्बरको मिनी ट्रक र लु १ क १९२८ नम्बरको ट्यांकरलाई सोमबार बगाएको थियो ।

सडकमा रहेका लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअप जिपलाई समेत पहिरोले सामान्य क्षति पुर्‍याएको छ । पहिरो गएको स्थानमा तानसेन नगरपालिकाले केही समयअघि बाटो चौडा बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस