१ आश्विन २०७७, बिहीबार || 17 Sep 2020, Thursday

बुधबार स्थायी कमिटीको बैठक

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता

बैठकमा मुख्य गरी एमसिसी, सिमा विवाद, कोरोना भाइरस, सरकार र पार्टी नेतृत्व कार्य असन्तुष्टि, भ्रष्टाचार र अनियमिता लगायतको बिषयमा छलफल हुने बुझिएको छ
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता

असार ९ गते २०७७
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बोलाइएको स्थायी कमिटीको बैठकको बिषयलाई लिएर भेटवार्ता भएको हो। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अहिलेको अवस्थामा देखा परेको विभिन्न समसामयिक बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘उहाँहरुको भेटवार्ता सकिसकेको छ। अहिले उहाँहरूबीच छलफल गर्नुपर्ने बिषयबस्तु धेरै छन्। तीनै बिषयमा छलफल गर्नुभएको हो’ उनले भने।

नेकपाले बुधबार स्थायी कमिटीको बैठक बोलाएको छ। स्थायी कमिटीको बैठक एजेन्डाको बिषयमा छलफल गर्नका लागि ओली र दाहालबीच भेटवार्ता भएको बुझिएको छ। नेकपाभित्र पछिल्ला दिनमा एकपछि अर्को विवाद सिर्जना हुदै आएको छ। प्रधानमन्त्री ओलीले बैशाख ८ गते पार्टी विभाजन सम्बन्धी दुई अध्यादेश जारी गरेपछि विवाद उत्कर्षमा पुगेको छ। त्यही बिषयलाई लिएर २० स्थायी कमिटी सदस्यहरुले बैठकको माग गर्दै आएको थिए। तर, प्रधानमन्त्री ओलीले आफुविरुद्ध घेराबन्दी भएको ठहर गर्दै बैठक छल्ने प्रयत्न गरिरहे। यसअघि बोलाइएको स्थायी कमिटीको बैठक दुइपटक स्थगित भइसकेको छ। बुधबार  बोलाइएको बैठक  एजेण्डा तय गर्नका लागि छलफलकै चरणमा रहेको नेकपा महासचिव बिष्णु पौडेलले जानकारी दिए। नेकपाभित्र पछिल्लो समय अमेरिकी परियोजना एमसिसी तीव्र विवाद छ। बैठकमा मुख्य गरी एमसिसी, सिमा विवाद, कोरोना भाइरस, सरकार र पार्टी नेतृत्व कार्य असन्तुष्टि, भ्रष्टाचार र अनियमिता लगायतको बिषयमा छलफल हुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस