७ आश्विन २०७७, बुधबार || 23 Sep 2020, Wednesday

बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रूखमा ठोक्किएको

बाँकेमा कार दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटनामा परी चितवनको भरतपुर महानगरपालिका-१२ का कार चालक ४१ वर्षीय कमलराज लम्साल र पूर्व नवलपरासीको कावासोती नगरपालिका-८ का २२ वर्षीय क्षितिजराज कँवरको मृत्यु
बाँकेमा  कार दुर्घटनामा दुई जनाको मृत्यु

असार ९ गते २०७७
बाँकेमा भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका-१ सिक्टामा पूर्वबाट पश्चिम जाँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रूखमा ठोक्किएको बाँके प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले बताए।

उनका अनुसार दुर्घटनामा परी चितवनको भरतपुर महानगरपालिका-१२ का कार चालक ४१ वर्षीय कमलराज लम्साल र पूर्व नवलपरासीको कावासोती नगरपालिका-८ का २२ वर्षीय क्षितिजराज कँवरको मृत्यु भएको छ।

चालक लम्सालको कोहलपुर मेडिकल कलेज तर्फ लैजाँदै गर्दा बाटोमै र कुँवरको उपचारका क्रममा मृत्यु भएको खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस