३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

छुवाछुत कसुरमा ३४ जना विरुद्ध मुद्दा दर्ता

सोती घटनाको मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस शुरु

गत शुक्रबारदेखि शुरु भएको बहसमा वादीतर्फबाट पाँच सरकारी वकिल र जाहेरीवालातर्फका १८ वकिल गरी २३ जनाले बहस गरेका थिए
सोती घटनाको मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस शुरु

असार ९ गते २०७७

सोती घटनाको मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको छ । वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको हो । चार वकिलले आज बहस गरेका छन् भने अब प्रतिवादीतर्फका तीन वकिलको बहस बाँकी छ । बाँकी बहस बुधबार हुने रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । यसअघि सोमबार वादी तथा जाहेरीवालातर्फका वकिलको बहस सकिएको थियो ।

गत शुक्रबारदेखि शुरु भएको बहसमा वादीतर्फबाट पाँच सरकारी वकिल र जाहेरीवालातर्फका १८ वकिल गरी २३ जनाले बहस गरेका थिए । सोती मुद्दाको थुनछेक बहस बुधबार नै सकिने आकलन गरिएको छ । बुधबार बहस सकिएमा सोही दिन नै थुनछेक आदेश आउन सक्ने श्रेष्तेदार बोहराले बताउनुभयो । गत जेठ १० गते जिल्लाको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एक जनाको ज्यान गएको थियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसुरमा ३४ जना विरुद्ध मुद्दा दर्ता गर्दै जन्मकैद र आजीवन कारावाससम्मको कैद सजायको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस