जातपात छुवाछूत किन ? के का लागि ? कहिले सम्म ?

जातिय छुवाछुतको अन्त्य नेकपाले नै गर्नुपर्छ: नेता पुजन विश्वकर्मा

नेपाल र नेपाली  जनता लाई प्रतिक्रान्ति मान्य नहुने :नेता झुपा कुमारी विक उषा
जातिय छुवाछुतको अन्त्य नेकपाले नै गर्नुपर्छ: नेता पुजन विश्वकर्मा

असार १० गते २०७७

सत्तारुढ दल नेकपा निकट नेपाल दलित मुक्ति संगठन बाँकेको आयोजनामा नेपालगञ्जको पुष्पलाल चोकमा रुकुमको सोती घटनाका विरोधमा धर्ना सहितको खबरदारी सभा सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा ५ नं प्रदेश कमिटि सदस्य तथा सो संगठनका ५ नं प्रदेश सहईञ्चार्ज पुजन विश्वकर्माले रुढीवादी चिन्तन,संस्कार र सामन्तवादको नाईके राजतन्त्र र भुरेटाकुरे शासन व्यवस्थाको अन्त्यको नेतृत्व गरेको नेकपाले नै जातिय छुवाछुतको अन्त्य गर्नुपर्ने धारणा राखे । जेठ १० गते रुकुमको सोतीमा घटेको नरसंहार र अमानविय घटनामा मृत्युबरण गर्न पुगेका नवराज विक,गणेश बुढा,गोविन्द शाही,लोकेन्द्र सुनार,सञ्जु विक र टिकाराम विकको हत्याले देश भरका दलित समुदाय आतंकित र त्रसित भएकाले नरसंहारमा सहभागी अपराधका आरोपी लाई सर्वस्वहरण सहित आजीवन कारावासको माग राख्दै नेता विश्वकर्माले जातपात छुवाछूत किन ? के का लागि ? कहिले सम्म ? भनेर प्रतिप्रश्न गरेका थिए । नेता विश्वकर्माले नेपालको कम्युनिष्ट आन्दोलन र छुवाछूत विरोधी आन्दोलन सँगसँगै हिडे पनि छुवाछुत ज्यूका त्यु रहेकाले नेपालमा सामाजिक सांस्कृतिक आन्दोलनको आवश्यकता रहेको दावी गरे ।

उनले सोती घटनाका घाईतेहरुको सुरक्षा,सामाजिक सांस्कृतिक शहिद परिवार लाई क्षतिपुर्ति र सहिद घोषणा,नवराजकि प्रेमिका भनिएकी मल्ल थरकी ति युवतीको सुरक्षा मात्र नभएर अपराधी लाई कार्वाही गर्न रुकुम अदालत लाई नचुक्न नझुक्न आग्रह गरेका थिए । नेता विश्वकर्माले नेपाली समाज बाट विभेद हटाउन दलहरुले आँट गर्नुपर्ने र त्यसमा पनि सत्तारुढ दल नेकपाको पहिलो दायित्व भएको बताए । उनले सिद्धान्तका लागि जीवन नभएर समान्नित जिवन,समान हक अधिकारका लागि नेपालका दलितहरु सबै खाले आन्दोलन र शान्ति पुर्ण पनि क्रान्तिपुर्ण पनि संघर्षमा सहभागी भएर बलिदानी पुर्ण ईतिहास दर्ज गरेकाले सोती घटनाका अपराधी लाई कार्वाही गराएर नेपाल दलित मुक्ति संगठनले नेपाल बाट जातपात छुवाछूतको कलंक हटाईछाड्ने दावी गरे । नेपाल दलित मुक्ति संगठनकि केन्द्रिय नेता झुपा कुमारी विक उषाले राजतन्त्र ढाल्ने दलहरुले छुवाछुत ढाल्न नसक्ने प्रश्नै नआउने बताईन । नेता उषाले जातिय जनसंख्याको आधारमा पुर्ण समानुपातिक राज्य व्यवस्थामा जान ढिलाई गर्न नहुने बताउदै जातपात छुवाछुत सामाजिक अपराधका रुपमा संस्थागत हुन खोजेको भन्दै नेपाल र नेपाली  जनता लाई प्रतिक्रान्ति मान्य नहुने बताईन् । नेपाल सिलाई कपडा व्यवसायी संघका केन्द्रिय नेता रुपलाल परियारले अपमान,तिरस्कार र जताततै भेदभावको माहोलले दलित समुदायमा मनोबैज्ञानिक असर परेकाले राज्यले अपमान मात्र नगरेर पछिल्ला दिनमा सिप विकासका नाममा सिप पनि खोसिरहेको आरोप लगाए ।

सो कार्यक्रममा सहभागी नेता हिम बहादुर रसाईलीले सिपका आधारमा पानी नचल्ने,बिहेबारी नचल्ने र अपमानित गरेको नेपाली समाजले दलित समुदाय लाई क्षतिपुर्ति सहित थप अधिकार कम्तिमा ५० वर्ष लाई दिनुपर्ने बताए । जातका नाममा धर्मको आडमा शक्तिको दम्भमा जातपात छुवाछुत टिकाई राख्ने कसैको सोच भए त्यसको हालात निरकुंश राणाको भन्दा पिडादायी बन्ने नेता रामकृष्ण विकले बताए ।उनले दलित आन्दोलनका मागहरु अविलम्ब सम्बोधन गर्न सरकार सँग माग गरे । नेकपाका नेता तथा दलित बुद्धिजीवि समेत रहेका बाँके सुनचाँदी व्यवसायी संघका अध्यक्ष बुद्धि विकले नेपालका क्रान्ति र परिवर्तनको निष्कर्ष लिंगका आधारमा २ वटा मात्र जात भएको सत्य समाजले स्वीकार्नै पर्ने धारणा राखे ।संघिय लोकतान्त्रिक गणतन्त्रमा पनि सानो ठुलो छुत अछुतको व्यवहारले नेपालको शासन प्रणालीमा पञ्चायती झल्को कायमै रहेको अनुभुति हुनु परिवर्तनको उपहास भएको नेता अमर विश्वकर्माले बताए । उनले समाजमा हाकाहाकी भएको हत्याले कानुनी राज्यको उपहास गरेको बताए । दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला विकले कुनै पनि प्रकारको विभेद सह्य नभएको बताउदै सोती घटनामा दलित समुदायले न्याय नपाए दलहरुले पश्चाताप गर्नु पर्ने दिन को खतरा निम्तिने बताईन् । नेपाल दलित मुक्ति संगठनको उक्त खबरदारी सभामा विद्यार्थी नेता प्रकाश विक,पत्रकार महासंघ बाँकेका उपाध्यक्ष रुपा गहतराज विक लगायतले सोती घटनामा निशर्त कारवाहीले मानवताको रक्षा गर्ने मा जोड दिएका थिए । नेपाल दलित मुक्ति संगठन बाँकेका नेता अमर विकले संचालन गरेको कार्यक्रमको अध्यक्षता नेकपा बाँकेका सचिवालय सदस्य दलित फाँट ईञ्चार्ज नेता रामकृष्ण विकले गरेका थिए ।

जेठ १० गते रुकुमको सोतीमा घटना घटे पछि निरन्तर आन्दोलनमा रहेको नेपाल दलित मुक्ति संगठनले जेठ १६ गते बाँके जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री केपि शर्मा ओली लाई ज्ञापन पत्र , असार २ गते देशका ७ वटै प्रदेशका मुख्यमन्त्री मार्फत ४ बुँदे माग सहित प्रधामन्त्री ओली लाई ज्ञापन पत्र बुझाएको जानकारी दिएको छ ।यसै गरि दलित मुक्ति संगठनले प्रधानमन्त्री केपि शर्मा ओली,अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,पुर्व प्रधानमन्त्री झलनाथ खनाल,पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेकपाका महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्ती प्रति धन्यवाद ज्ञापन गरेको छ । नेपाल दलित मुक्ति संगठन बाँकेले गृहमन्त्री राम बहादुर थापा बादल, विभिन्न मानव अधिकारवादी संघसंस्थाहरु,नागरिक समाजले सोती घटनामा देखाएको निष्पक्षताको खुलेरै प्रशंसा गरेको थियो । आज राजधानी लगायत देशका ७७ वटा जिल्लामा खबरदारी सभाको आयोजना, अभियुक्तहरुको पक्राउ ,गृहमन्त्रालय स्तरिय छानविन समिति,संसदिय छानविन समिति, घटनामा भएका घाईतेहरुको उपचार,आन्दोलन लाई मर्यादित र संयमित बनाउन नेता छविलाल विश्वकर्मा,बोम विश्वकर्मा,जितु गौतम,दलजित बिश्वकर्मा,गणेश विश्वकर्मा,तेज बहादुर मिजार, सांसद अथक,संविधान सभाका सदस्य दल बहादुर सुनार र संगठनका ईञ्चार्ज युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलेको भुमिकाको प्रशंसा गर्दै धन्यवाद समेत ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७