८ आश्विन २०७७, बिहीबार || 24 Sep 2020, Thursday

महामारीविरुद्ध पनि एक भएर लड्ने विश्वास व्यक्त

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेकोमा बधाई :राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारीले बुधबार अपराह्न संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेकी थिइन्
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेकोमा बधाई :राष्ट्रपति विद्यादेवी भण्डारी

असार १० गते २०७७

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बधाई दिएकी छन् । राष्ट्रपति  भण्डारीले बुधबार अपराह्न संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेकी थिइन् । नयाँ नक्सा पास गर्न दलहरुबीच राष्ट्रिय सहमति बनेकोमा उनले बधाई दिएकी छन् । साथै कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध पनि एक भएर लड्ने विश्वास व्यक्त गरेको भेटमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस