देशको सिमा सुरक्षा हाम्रो पनि जिम्मेवारी हो

सुर्खेतको गाउँपालिकाले सिमानामा तारबार लगाउन ठोरीलाई एक लाख दिने

पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५र १ देखि ४३१ र ४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएका छन्
सुर्खेतको गाउँपालिकाले सिमानामा तारबार लगाउन ठोरीलाई एक लाख दिने

असार ११ गते २०७७

सुर्खेतको चौकुने गाउँपालिकाले नेपाल-भारत सिमानामा काँडे तारबार लगाउन पर्साको ठोरी गाउँपालिकालाई एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिकाकी उपाध्यक्ष निर्मला रानाले बुधबार गाउँसभामा आर्थिक वर्ष ०७७र७८ को लागि बजेट सार्वजनिक गर्ने क्रममा सीमा नाकामा तारबार लगाउन ठोरीलाई एक लाख रुपैयाँ उपलब्ध गराउन बजेट विनियोजन गरिएको जानकारी गराएकी हुन् । उनले आगामी वर्षका लागि ४३ करोड ८० लाख २६ हजार ४ सय ८० बराबरको बजेट सार्वजनिक गर्ने क्रममा ‘राष्ट्र सुरक्षामा हाम्रो योगदान’ शिर्षकमा उक्त सहयोग रकम विनियोजन गरिएको जानकारी दिइन् ।

गाउँपालिकाको आन्तरिक स्रोतबाट ठोरीलाई उक्त रकम सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए ।

‘लिपुलेक र कालापानी लगायत सीमा क्षेत्रमा भारतय हस्ताक्षेप विरुद्ध सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको छ । देशको सिमा सुरक्षा हाम्रो पनि जिम्मेवारी हो,’ अध्यक्ष शाहीले भने, ‘त्यसैले हामीले हाम्रोतर्फबाट ठोरीले सुरु गरेको काँडेतार लगाउने अभियानमा सहयोग गरेका हौ ।’

पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५र १ देखि ४३१ र ४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएका छन् ।

गाउँसभाले देशको सीमा रक्षा गर्ने नेपाली सेनालाई समेत आन्तरिक श्रोतबाट एक लाख दिने निर्णय गरेको छ । देशको रक्षा गर्ने सुरक्षा फौजको मनोवल बढाउन र उनीहरुलाई साधन र स्रोतको कमी हुन नदिन आन्तरिक स्रोतबाट नेपाली सेनालाई पनि एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष शाहीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७