सरकार र अदालतले राम्रोसँग आँखा नदेखेकाले आँखा देखाउनको लागि लालटिन जुलुस

रुकुम घटनाको विरोधमा काठमाडौंमा लालटिन जुलुस

अब नेपालको दलित समुदायले अदालतबाट न्याय पाउने विश्वास गुमेको छ : पूर्वसांसद जीवन परियार
रुकुम घटनाको विरोधमा काठमाडौंमा लालटिन जुलुस

असार १२ गते २०७७

रुकुम पश्चिममा भएको दलित युवक हत्याको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले बिहीबार राजधानीमा लालटिन जुलस गरेको छ । सरकार र अदालतले राम्रोसँग आँखा नदेखेकाले आँखा देखाउनको लागि लालटिन जुलुस गरेको आन्दोलनकारीले बताएका छन् । आन्दोलनकारीहरुले माइतीघरबाट लालटिनसहित नयाँ बानेश्वरसम्म जुलुस गरी कोणसभा गरेका छन् ।

पूर्वसांसद जीवन परियारले अदालतसमेत सरकारको छायामा परेकाले सोतीको घटनामा अदालतको आदेश नमान्ने बताए । उनले भने, ‘अब नेपालको दलित समुदायले अदालतबाट न्याय पाउने विश्वास गुमेको छ ।’

संघर्ष समितिले शुक्रबार राजनीतिक दलका नेताहरुलाई बोलाएर ‘सडक बहस’ गर्ने नेता जीवन परियारले बताए । अन्तरजातीय विवाह गर्न सोती पुगेका नवराज विक र उनका पाँच जना साथीको हत्या भएपछि संघर्ष समिति नियमित आन्दोलनमा छ ।

जुलुसमा सहभागीले धनुषामा हिरासतमा मृत्यु भएका शम्भु सदाको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७