संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण

बिहीबार तीन वटा विधेयक प्रमाणीकरण :राष्ट्रपतिको कार्यालय

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण
बिहीबार तीन वटा विधेयक प्रमाणीकरण :राष्ट्रपतिको कार्यालय

असार १२ गते २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७