९ आश्विन २०७७, शुक्रबार || 25 Sep 2020, Friday

चीनले नेपालको कुनै सीमा अतिक्रमण नगरेको

देशका सुस्तालगायत अन्य अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा पनि राष्ट्रिय एकताको आवश्यकता : नेकपा स्थायी कमिटि

शुक्रबार बैठकमा १८ जना सदस्यले आफ्ना विचार प्रस्तुत गरेको र बैठक शनिबार पनि जारी रहने स्थायी कमिटि सदस्य छविलाल विश्वकर्माले बताए
देशका सुस्तालगायत अन्य अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा पनि राष्ट्रिय एकताको आवश्यकता : नेकपा स्थायी कमिटि

 

असार १२ गते २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटी आजको बैठक भारतले अतिक्रमण गरेको सीमा फिर्ताको मुद्दामा केन्द्रित बनेको छ । शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याको बिषयमा जानकारी सहित आफ्नो धारणा राखेका थिए ।

बैठकमा नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो विषयसँग सम्बन्धित घटनाक्रमको जानकारी गराउनुभएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले बैठकमा मन्त्री ज्ञवालीले भारतले अतिक्रमण गरेका कालापानी क्षेत्रको नेपाली भूभाग फिर्ता गर्न भारतसँग कूटनीतिक माध्यमबाट प्रयास गरे पनि भारतले अझैसम्म पनि सकारात्मक तत्परता नदेखाएको जानकारी दिएको बताए । केही सञ्चारमाध्यममा चीनबाट पनि नेपाली भूमि अतिक्रमण भएको भन्ने समाचार आएकोमा त्यसमा सत्यता नभएको भन्दै चीनले नेपालको कुनै सीमा अतिक्रमण नगरेको जानकारी गराउनुभएको प्रवक्ता श्रेष्ठले पत्रकारहरूलाई जानकारी दिए ।

आजको बैठकमा बोल्ने अधिकांश सदस्यले देशको अतिक्रमित भूमि फिर्ता गर्न र नेपालको कालापानी क्षेत्र समेटेको नक्सा प्रकाशन तथा त्यसलाई संवैधानिक मान्यता दिने क्रममा देखिएको राष्ट्रिय एकताको प्रशंसा गर्दै देशका सुस्तालगायत अन्य अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा पनि यस्तै एकता आवश्यक रहेको कुरामा जोड दिनुभएको उनले बताए ।

शुक्रबार बैठकमा १८ जना सदस्यले आफ्ना विचार प्रस्तुत गरेको र बैठक शनिबार पनि जारी रहने स्थायी कमिटि सदस्य छविलाल विश्वकर्माले बताए ।

 

प्रतिक्रिया दिनुहोस