३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

राजनेता मदन भण्डारीको ६९ औं जन्म जयन्ती

विश्व कम्युनिष्ट आन्दोलनका सकारात्मक शिक्षाको प्रकाशमा कम्युनिष्ट पार्टीको लोकतान्त्रिककरण

समयले दिएको जिम्मेवारी पुरा गरि जननेता मदन भण्डारीले दिनुभएको विचारको अगुवाईले भावी पुस्तामा विजयको यात्रा सुनिश्चित गरिरहने छ
- भीम कार्की

विश्व कम्युनिष्ट आन्दोलनका सकारात्मक शिक्षाको प्रकाशमा कम्युनिष्ट पार्टीको लोकतान्त्रिककरण

असार १३ गते २०७७
भीम कार्की

विश्व सर्वहारा वर्ग, श्रमिक वर्ग, मेहनतकस जनताका महान गुरु कार्ल माक्र्सले सदियौदेखि दविएका संसारभरका करोडौं श्रमिक, सर्वहारा वर्गको मुक्ति गरि उनीहरुलाई सम्मानका साथ श्रम गरेर बाच्नका लागि, सम्मानित जीवन जिउनको लागि विचारको प्रतिपादन गर्नुभयो । अठारौ शताब्दीको मध्यतिर समृद्ध जीवन, सम्मानित मानव जीवन अधिकार सहितका आवश्यकताहरुको प्रत्याभुति गर्नका लागि क्रान्तिकारी विचारधाराको बीउ(बिरुवा) रोप्नु भयो । तिनै बिउ (बिरुवा) संसारभर फैलिन थाले । संसारको सवै खाले हावापानीमा हर्लक्क बिरुवाहरु हुर्कन थाले फल दिन थाले । करौडौ मानिसलाई शितल छाहरी र मगमगाउँदो बास्ना दिन थाले । मानवको बास्तविक अर्थ र अधिकार प्राप्त गर्ने उत्प्रेरणा प्रदान गर्न थाल्यो । हो तिनै विरुवाको सक्कली हर्हराउँदो वास्ना छर्दै नेपाली समाज, हावापानी, माटो र भौगोलिक अवस्था सुहाउदो एउटा क्रान्तिकारी द्योतक रातो फूल नेपाली धरतीमा फुल्छ । नेपाली जनतालाई रैतिबाट नागरिक वनाउन हिउँको बर्कोवाट एउटा सुवासिलो विरुवाको अङकुरण हुन्छ । छोटो समयमा नै उक्त विरुवा फूल फुल्न थाल्छ । त्यो फूललाई देखेर फुलवारीका सवै फुलवारीका सवै फूलहरु पुलकित हुन्छन् । सवैमा रक्त संचारको नवप्रवाह हुन्छ । नेपाली कम्युनिष्ट आन्दोलनको बसन्त याममा फुलेको त्यो चम्किलो फूलप्रति सवैको ध्यान आकर्षण हुन्छ ।

अचानक एउटा रहस्यमयी अज्ञात हुरीको वेगले त्यो चम्किलो रातो फूल चुडाई दिन्छ फूल आफु एक्लै रहदा हुरिको वेग थाम्न असमर्थ हुन्छ । सम्पुर्ण फुलवारीको आशा भरोषा आकषर्कको केन्द्र, विश्वासको दियो, सवैको आधार, आँखाको नानीलाई क्षणभर मै माथि माथि आकाशमा पु¥याई दिन्छ एउटा ऐतिहासिक कालजयी, रहस्यमय कथा रचेर । अनि त्यो निष्पट्ट अध्यारो रातमा सवैलाई पथ पदर्शक वनेर , लक्ष्य हासिल गर्न उत्प्ररेणा प्रदान गर्दै, आकाशवाटै दिशा निर्देश गर्दै चम्किलो तारा वनेर निरन्तर निरन्तर सधै भरी चम्किरहन्छ । क्रान्तिकारी विचार, अधिकार प्राप्ती र समृद्वीको वाटो देखाउदै मार्गदर्शनको चहकिलो प्रकाश छर्दै संसार भरीका मानिसहरुलाई वाटो देखाउदै–त्यो अलौकिक तारा नविन र ओजपुर्ण विचार प्रतिपादन गरेका प्रखर क्रान्किारी बिचारधारा बोकेको , देश समाज र जनताको लागि जीवन पर्यन्त संघर्ष गरेका, माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपाली क्रान्तिको मार्गदर्शन जनताको वहुदलिय जनवादको विकास गरेका, नेपाली लोकतान्त्रिक समाजवादी आन्दोलनका महान अभियन्ता, विश्व कम्युनिष्ट आन्दोलनका अतुलनिय व्यक्तित्व, नेपाली जनमनमा अगाढ श्रद्वाका साथ स्थापित, मातृभुमिका सच्चा पहरेदार , मौलिक र व्यवहारिक पाठ सिकाउने अग्रज कुशल शिक्षक, युवाप्रिय युगजयी व्यक्तित्व चम्किलो ध्रवतारा बनेर चिनिनु भएको छ , जननेता मदन भण्डारी राष्ट्रपति हुनुभएन, न प्रधानमन्त्री हुनुभयो न त मन्त्री नै, सरकारी उच्च ओहदामा नपुगे पनि चर्चा त त्यतिवेला देखि अहिलेसम्म उहाँकै छ । जव जव देश अप्ठ्यारोमा पर्ने गर्छ, जव जव राष्ट्रमा संकट देखा पर्छ, जव जव जनताले दुःख कष्ट भोग्ने परिस्थिति सिर्जना हुन्छ, तव तव सबै उहाँलाई खोज्ने गर्दछ । उहाँलाई सम्झने गर्छन । विश्व समुदाय, राष्ट्र, जनता, पार्टीहरुले उहाँको सम्बन्धमा खोज्ने, बुझने जान्ने, सुन्ने, गर्दछन र उहाँप्रति श्रद्घा व्यक्त गर्दै नतमस्तक हुने गर्दछन् किन ? हामी तिनै महान योद्वा जननेताको ६९ औं जन्म जयन्ती मनाउन गईरहेका छौं । उहाँप्रति हार्दिक श्रद्वा सुमन व्यक्त गर्न चाहन्छु । उहाँले देखाउनु भएको वाटो निरन्तर लागि रहन प्रण गर्दछु ।

संक्षिप्त जीवनी
१. नेपालको पुर्वीभाग ताप्लेजुङ्ग जिल्लाको ढुङ्गे साँघु चन्द«कुमारी भण्डारी र देवीप्रसाद भण्डारीको माइला छोराको रुपमा २००९ साल असार १४ गते शुक्रवारको दिन उहाँको जन्म भयो । न्वारनको नाम मोति प्रसाद भण्डारी थियो । आज तिनै मोति सवैका मनमनमा राजनेता मदन भण्डारीका रुपमा स्थापित हुनुहुन्छ ।

२. उहाँ वाल्यकालमै चण्डी कण्ठाग्र गरेकाले उनी जिल्लाभर चर्चित हुनुहुन्थ्यो रे । उनको वौद्धिकता र स्मरण शक्ति समयको अन्तराल सँगसँगै झन झन बृद्वि हुदै गएको देखिन्छ । २०२४ सालमा “वाल सुवोधिनी संस्कृत प्रधान पाठशाला” बाट प्रवेशिका उर्तिण गरि उच्च शिक्षा हासिल गर्नका लागि भारतको मथुरा गएका मदन भण्डारी दुई वर्षपछि देहरादुन हुँदै बनारस पुग्नुभएको थियो । बनारस विश्व विद्यालयवाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभयो । बनारस बस्दाको समयमा नेकपाका संस्थापक महासचिव पुष्पलालसंगको भेटपछि राजनीतिक यात्रा शुरु गरेको देखिन्छ ।

३. २०२९ सालमा नेकापाको जनवादी सास्कृतिक मोर्चा युद्वप्रसाद मिश्रको अध्यक्षतामा गठन भयो । त्यहि मोर्चाको केन्द्रीय सदस्य वनेर संगठित हुनु भएका मदन भण्डारीको प्रभावशाली व्यक्तित्व र स्पष्ट राजनीतिक विचार धारा भएका कारण १ वर्षको अवधीमानै उहाँ राजनीतिक पुर्वकालिन कार्यकर्ता भई विभिन्न आरोह अवरोह पार गर्दै यिनै जोशिला युवा नेताको अगुवाई र सक्रियतामा २०३३ सालमा मुक्तिमोर्चाका जोदाहा योद्वाहरुले नेपाली क्रान्ति सम्पन्न गर्नका लागि पुष्पलालसंग विद्रोह गर्नुपर्ने निष्कर्ष निकाले । त्यहि निष्कर्षको आधारमा झापा आन्दोलनका क्रान्तिकारीहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने र क्रान्ति सम्पन्न गर्ने अभिलाषा सहित कोअर्डिनेशन केन्द्रमा मुक्तिमोर्चालाई सामेल गराए र २०३५ सालमा नेकपा (मा–ले) स्थापना गरि केन्द्रीय सदस्य हुनु भयो ।

४. पार्टी भित्र विभिन्न समस्याहरु आएता पनि त्यसलाई समाधान गर्दै पार्टीको नेतृत्वमा रहेर वैचारिक नेतृत्व गर्न थाल्नु भएका मदन भण्डारी २०४१ सालमा पोलिटव्यूरो सदस्य हुनुभयो । पार्टीलाई वैचारिक एवं राजनीतिक ढगंले नेतृत्व प्रदान गर्दै अगाडि वढ्ने क्रममा नेकपाको चौथो महाधिवेशन (२०४६ भाद्र, सिराहा) बाट उहाँ पार्टीको सर्वोच्च नेता महासचिव हुनुभयो । वाममोर्चा निमार्ण गर्ने र संयुक्त जनआन्दोलनलाई सफलतामा पु¥याउने, कम्युनिष्ट पार्टीहरु वीचको दुरी कम गर्दै एकीकरण अभियान सञ्चालन गर्ने श्रेय क। मदन भण्डारीलाई छ । २०४६ को जनआन्दोलनको सफलतापछि प्राप्त उपलव्धीहरुको रक्षा र विकास, परिवर्तनलाई सस्थागत गर्ने र जनताको संविधान निमार्णका लागि महत्वपुर्ण भुमिका निर्वाह गनुभएको थियो मदन भण्डारीले । २०४७ को संविधान सम्झौताको दस्तावेजको रुपमा जारी भयो । संविधानका सकरात्मक पक्षलाई रक्षा गर्दै, कमिकमजोरी र त्रुटीहरुलाई पार्टीको तर्फवाट २७ वटा वुँदामा असहमति जनाउदै आलोचनात्मक समर्थन गर्ने निर्णय भयो । उहाँले प्रस्तुत गर्नुभएका २७ वुँदा २०६३ साल जेठ ४ गते जारी भएको अन्तरिम संविधानमा हु–वहु समावेश गरियो । त्यस समयमा लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान जारी गरिएको थियो । कमरेड मदन भण्डारीले १६ वर्ष अगाडी सार्नु भएको विचारले २०६३ सालमा लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानलाई मार्गदर्शन गर्न सफल भयो । उहाँ एक दुरदर्शी राजनेता हुनुहुन्थ्यो भन्ने कुरा प्रमाणित भयो ।

५. २०४८ सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका तत्कालिन सभापति मुलुकका अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गर्दै काठमाडौं क्षेत्र नं. १ र ५ वाट प्रतिनिधिसभा सदस्य बन्नुभयो । यसले उहाँलाई बुर्जुवा क्षेत्र र विश्वभरी चर्चाको शिखरमा पु¥यायो पार्टी शसक्त प्रतिपक्ष भयो । देशभित्र मात्र होइन उहाँ विश्वभर चर्चित बन्नु भयो ।

६. २०५० सालमा विश्वभरीका कम्युनिष्ट माक्र्सवादीहरुको भारतको कलकत्तामा शिखर सम्मेलन भएको थियो । नेपालको तर्फबाट सहभागी हुनुभएका मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलनवाट शिक्षा लिंदै परम्परागत ढंगले अगाडि वढ्न नसकिने निष्कर्ष निकाल्दै माक्र्सवादलाई सिर्जनात्मक ढंगले अगाडि बढाउनु पर्ने, समय सापेक्ष विचार, शैलीलाई परिमार्जन गरेर अगाडी जान सकिन्छ भन्ने नविन विचार प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्रमा नितान्त नविन सोच, चिन्तन, विचार, योजना प्रस्तुत भएका थिए । कार्यपत्र विश्व भरीका कम्युन्ष्टिहरु बिच चर्चाको विषय बन्यो, छलफलको केन्द्रभागमा रह्यो यहि विचार लाई छलफल गर्दै अगाडि बढ्ने र विश्व कम्युन्ष्टि आन्दोलनलाई नयाँ शिरावाट अगाडि वढाउने निष्कर्ष आयो । उहाँका विचारहरु विश्वव्यापी बन्ने प्रकृयाको थालनी भयो तर त्यसको केही दिन बित्न नपाउदै देशी विदेशी प्रतिक्रिया बादीहरुको षडयन्त्रवाट २०५० साल जेठ ३ गते देश दौडाहाको क्रममा पोखराबाट चितवन तर्फ जादै गर्दा चितवनको दासढुँङ्गामा रहस्यमय ढँगले जीप दुर्घटना हुँदा उहाँको दुःखद अवसान भयो । देशले लोकतान्त्रिक, गणतान्त्रिक बामपन्थी नेता गुमायो । जनताले आशा भरोषा गरेका नेता, राष्ट्रलाई नेतृत्व दिने, कम्युनिष्ट आन्दोलनलाई वैचारिक मार्ग दर्शन गर्ने, विश्व कम्युनिष्ट आन्दोलनलाई सृजनात्मक ढंगले अगाडी वढाउने, लोकतान्त्रिक गणतन्त्रलाई समय सापेक्ष रुपमा विकास गर्ने, देशका शिखर व्यक्तित्व, सवै क्षेत्रका अगुवा महायन्ताको अल्पआयुमा नै अवसान हुन पुग्यो ।

राजनेताको रुपमा मदन भण्डारी
एउटा मानिसले भोलिको लागि सोच्छ, एउटा नेताले ५ वर्षको लागि सोच्छ र एउटा राजनेताले ५० वर्षको लागि सोच्छ भने जस्तै क.मदन भण्डारी एउटा राजनेता हुनुहुन्थ्यो । उहाँले हरेक विषयलाई गहिराईमा पुगेर अध्ययन गरि युगयुग सम्मको लागि विचार वनाउनु भयो, भविष्य सम्मको लागि नेतृत्व प्रदान गर्ने विचार निमार्ण गर्नु भयो जीवन र जगतको लागि अतुलनिय योगदान गर्नुभयो ।

शोभियत समाजवादको पतन धेरै कम्युनिष्ट पार्टीहरुको विसर्जनले गर्दा संसार भरि नै कम्युनिष्टहरुमा नैराश्यता, दिशाहिनता, अन्योलको तुवालो व्याप्त थियो । एकातिर “माक्र्सवादका दिन सकिए र समाजवादको भविश्य छैन” भनेर राता झण्डाहरुलाई भुईमा फ्याक्ने विसर्जनवाद, अर्को तर्फ विश्वको सामाजिक आर्थिक साँस्कृतिक परिदृश्यमा आईरहेका बिशाल परिवर्तनप्रति आँखा चिम्लेर माक्र्सवादको परम्परावादी बाटोमा टाँसिन चाहने जडशुत्रवादीसंग जुधेर माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्नुभयो मदन भण्डारीले । प्रयोगका केही स्थानीय असफलतालाई हेरेर माक्र्सवाद असफल भयो भन्न नसकिने मान्यता राख्दै आधा शताब्दी लामो नेपालको प्रजातान्त्रिक आन्दोलनका अनुभव समाजको विशिष्ट बनोट, विश्व कम्युनिष्ट आन्दोलनका सकारात्मक शिक्षाको प्रकाशमा कम्युनिष्ट पार्टीको लोकतान्त्रिककरण अगाडि सार्नुभयो । सिद्वान्तको लागि बलिदान भन्ने कम्युनिष्ट “बाइबल” लाई बदलेर “जीवनको लागि सिद्वान्त” भन्ने धारणा स्थापित गर्नुभयो । आफ्नो उदेश्यमा विचारले मार्ग दर्शन गर्दै जनता र कार्यकर्ताको अत्याधिक ठुलो हिस्सालाई आफु सँगसँँगै लिएर हिड्नु भयो । त्यसैले त अमेरिकावाट निस्कने पत्रिकाको आवरण पृष्ठमा छापियो Karlmarks Lives In Nepal सशस्त्र क्रान्तिवाट मात्रै राज्य सत्ता कब्जा गर्न सकिन्छ भन्नेहरुलाई अधिकतम रुपमा जनताको संगठित बलले थोरै नोक्सानीमा शान्तिपुर्ण आन्दोलनबाट सत्ता परिवर्तन गर्न सकिन्छ भन्ने विचारलाई स्थापित गर्नु भयो । बन्दुकको नाललाई शक्तिको श्रोत ठान्नेहरु जनताको अभिमतलाई सर्बोपरि ठान्न वाध्य भए । एकदलीय शासन स्थापित गर्न कम्मर कसेर लागेकाहरु वहुदलीय प्रतिस्पर्धा स्वकार गर्न बाहम भए । एकल जातिय राज्य मात्रै निकास ठान्नेहरु वहुजातिय वहुधार्मिक समाज स्वीकार्दै वहुलवादी खुल्ला समाजको पक्षमा आएका छन् । यसले मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको वहुदलिय जनवादको प्रभाविकरण भईरहेको छ । नवउदारवादी प्रजातन्त्र, संवैधानिक राजतन्त्र खुल्ला बजार अर्थनीतिलाई मात्र शासन व्यवस्था ठान्नेहरु सामाजिक न्याय सहितका प्रजातन्त्र, गणतन्त्र र मिश्रित अर्थतन्त्रमा आईपुग्न जवजको प्रभाव हो । जवज नामसंग जसको जतिसुकै दुस्मनि होस आफुले वाँडेको फोस्रा सपनाहरुको आत्मदाहबाट बचाउन जवजले लिएको राजनीतिक वाटो नहिडी कसैलाई सुखै छैन ।

केवल सस्तो लोकप्रियताको लागि जवज, मदन भण्डारी र नेकपा लाई प्रयोग गर्न चाहनेहरुले क्षणिक रुपमा आफ्नो श्रेष्ठता सावित गरेजस्तो देखिएता पनि निर्णायक सघर्षको वेला उनीहरु पिठ्यु फर्काउने छन् , त्यही वेला जवजका सच्चा पहरेदारले मात्रै आन्दोलन र क्रान्तिलाई टुङ्गोमा पु¥याउने छन् । दिगो शान्ति स्थापना गरि समृद्व नेपाल सुखी नेपालीको मुल मर्म स्थापित गर्ने छन् । समयले दिएको जिम्मेवारी पुरा गरि जननेता मदन भण्डारीले दिनुभएको विचारको अगुवाईले भावी पुस्तामा विजयको यात्रा सुनिश्चित गरिरहने छ ।

जननेता मदन कुमार भण्डारी प्रति श्रद्धासुमन !!!

प्रतिक्रिया दिनुहोस