३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

प्रतिगमनको खतरालाई पूर्ण रूपमा समाप्त पार्नुपर्दछ

जनताको बहुदलीय जनवादका १४ विशेषता

नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दार बाहेक अरूलाई जमिनको क्षतिपूर्ति दिइने छ
जनताको बहुदलीय जनवादका १४ विशेषता

असार १३ गते २०७७

जनताको बहुदलिय जनबाद तात्कालिन नेकपा एमाले आफनो मार्गदर्शक सिद्धान्तको रुपमा अपनाएको बिषय हो । जसको कारणले नेपालको मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा परिवर्तित परिस्थितीमा माक्सवार्दको रचनात्मक प्रयोग गर्न मार्गनिर्देश गरेको थियो । प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने र आवधिकरुपमा जनताबाट अनुमोदित हुनुपर्ने बिषयका साथै पार्टीभित्रको लोकतान्त्रिकरणलाई समेत महत्वका साथ उठाइएकोले पार्टीभित्रमात्र होइन विरोधीहरुले समेत उहाँको विचारलाई मानेको पाइन्छ । उहाँको तिनै विचारमा आधारित नेकपा ९एमाले० को पाँचौ महाधिवेशनको पूर्व सन्ध्यामा जननेता मदन भण्डारीले तयार गर्नुभएको ‘बहुदलीय जनबाद बारे’ उहाँको विचारलाई जननेताको ६९ औं जन्मजयन्तीका सन्दर्भमा युगयान डेलि डट कमले  प्रकाशन गर्ने जमर्को गरेको छ ।।।।

बहुदलीय जनवादले बहुमत जनताको समर्थनबाट समाजवादमा संक्रमण गर्ने कार्यविधि अपनाउने छ । बहुदलीय जनवाद भनेको नयाँ जनवाद नै हो र त्यो सामन्तवाद–साम्राज्यवाद विरोधी,समाजवादको समर्थक तथा स्वयं समाजवादमा संक्रमण गर्ने कार्यदिशा भएको संक्रमणकालीन  व्यवस्था हो भनेर माथि उल्लेख गरिएको छ । बहुदलीय प्रतिस्पर्धा कायम गरेर समाजवादमा संक्रमण कसरी सम्भव हुन्छ भन्ने कोणबाट पनि कतिपय जिज्ञासा, प्रश्न र विरोधहरू अभिव्यक्त भएका छन् ।

सामान्यतया सर्वस्वीकृत अवधारणा के हो भने नयाँ जनवादी सत्ता शान्तिपूर्ण ढंगले समाजवादमा संक्रमण गर्नेछ । कम्युनिष्ट पार्टी सत्तामा रहेको र त्यस पार्टीको अधिकतम लक्ष्य समाजवाद–साम्यवाद भएको हुनाले पार्टीको हातमा भएको सत्ताले शान्तिपूर्ण रूपमा क्रमण गर्ने विचर स्वाभाविक देखिन्छ । तर गैरकम्युनिष्ट पार्टी सत्तामा पुगेको खण्डमा संक्रमण कसरी हुन्छ भन्ने प्रश्न उठ्नु बेमनासिब देखिँदैन । स्वयं कम्युनिष्ट पार्टी पनि समाजवादको निम्ति आधारभूत वस्तुगत भौतिक स्थिति तयार नगरी समाजवादमा

क्रमण गर्न चाहँदैन । स्वाधीन, स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण नगरी बलपूर्वक समाजवादको स्थापना गरे पनि त्यसले चिरस्थायी रूप लिन सक्दैन भन्न कुरा अनेक देशका घटना र अनुभवहरूले पुष्टि गरेका छन् । नयाँ जनवादलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले सुदृढ नबनाई हतारमा बलपूर्वक समाजवादको स्थापना गरी हाल्नु उचित र टिकाउपन हुँदैन । त्यसकारण सर्वप्रथम नयाँ जनवादलाई सुदृढ बनाउने काम गर्नुपर्छ । प्रतिगमनको खतरालाई पूर्ण रूपमा समाप्त पार्नुपर्दछ ।

जनवादी राज्यसत्ताको सुदृढीकरणको ग्यारेण्टी गरिनु पर्छ । त्यसकारण नयाँ जनवादी क्रान्ति सम्पन्न गरेपछि सबभन्दा पहिला सबै क्षेत्रमा सबै हिसाबले नयाँ जनवादलाई सुदृढ बनाउनु प्रमुख काम हुन्छ र हुनुपर्छ । राष्ट्रिय अर्थतन्त्रको क्षेत्रमा सार्वजनिक तथा सामूहिक क्षेत्रको भूमिकालाई बढाउँदै, सामूहिक स्वामित्वको घेराभित्र प्रवेश गरेर जनताले बढी भौतिक लाभ प्राप्त गर्नसक्ने भौतिक परिस्थिति तयार गर्ने काम गर्नुपर्छ । जनतालाई शिक्षात्मक विधिहरूद्वारा सामूहिकता तर्फ आकर्षित गर्ने तरिका अपनाउनुपर्छ ।

जनता र राष्ट्रको सार्वजनिक जीवनमाथि निजी क्षेत्रको एकाधिकार कायम हुनदिनु हुँदैन । आधारभूत रूपमा समाजवादमा संक्रमण गर्ने भौतिक परिस्थिति तयार गर्नुपर्छ । जनतालाई समाजवादका लाभहरूप्रति आकर्षित, शिक्षित, सचेत गराई मनोगत रूपमा तयार बनाउनुपर्छ । जनताको सक्रिय समर्थन र सहभागिता तथा जनताकै पहलकदमीलाई प्रोत्साहित गरेर समाजवादमा संक्रमण गर्नुपर्छ ।

मजदुर, सर्वहारा वर्गमात्र होइन आमजनतालाई नै समाजवादको पक्षमा संगठित नगरी समाजवादको निर्माण तथा रक्षा र विकास सम्भव हुँदैन । जुन कुराको निम्ति जनता तत्काल मानसिक एवं भौतिक रूपमा तयार छैनन् र जसको निम्ति वस्तुगत परिस्थिति तयार भैसकेको छैन, त्यसको तयारी गर्ने सिद्धान्त तथा नीति तयार गरेर राजनीतिक पार्टीले सचेतन प्रयास गर्छ । जब कुनै कुराको निम्ति भौतिक एवं मानसिक स्थिति तयार हुन्छ, त्यसबेला त्यो केवल राजनीतिक पार्टीको मात्र नीतिगत विषय रहँदैन, आमजनताको चासो र व्यवहारको विषय पनि बन्छ । समाजवादलाई जनताको चासो र व्यवहारको विषय नबनाई समाजवाद आउन र कायम रहन सक्दैन ।

यदि समाजवादप्रति आमजनता वा बहुमत जनताको समर्थन संगठित गर्न सकिन्छ भने मुट्ठीभर समाजवाद विरोधीहरूको विरोधका बाबजुद समाजवादमा शान्तिपूण संक्रमण हुनसक्छ । तर समाजवादको निम्ति पाइला अघि सार्दा विरोधीहरूद्वारा विप्लव गर्ने कोशिश हुन्छ भने त्यस्तो तत्वलाई नियन्त्रण गर्न राज्यको बलसमेत प्रयोग गरेर संक्रमणलाई सुनिश्चित गरिनुपर्छ । तर यदि बहुमत जनताको समर्थन छैन भने केबल राज्यको बल प्रयोगको माध्यमबाट मात्र स्थापित गरेको समाजवाद दीर्घजीवी हुन सक्दैन ।

त्यसकारण जनवादको सुदृढीकरण, समाजवादको निम्ति भौतिक तयारी र समाजवादको पक्षमा जनताको बहुमतलाई गोलबन्द गर्ने विधिद्वारामात्र समाजवादमा संक्रमण सम्भव हुनेछ । कतिपय मुलुकमा भएको जस्तो समाजवाद स्थापना गर्ने, अल्पमतको लोभले बहुमतमाथि बल प्रयोग गर्ने हतार गर्नुहुँदैन ।

जबजका १४ विशेषताहरु :-

१. संविधानको सर्वोच्चता: कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन ।संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ ।समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ ।

२. बहुलवादी खुला समाज : प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने, बोल्ने तथा आफ्ना अनुभूतिहरू भिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्दछ । बाहिरी दुनियाबाट अलग, बन्द र एकोहोरो समाज हुनुहँुदैन ।

३. शक्ति पृथकीकरणको सिद्धान्त : शक्ति व्यक्तिको हातमा मात्र होइन संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुँदैन ।स् एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन ।

४.मानव अधिकारको रक्षा : साँचो अर्थमा कम्युनिष्टहरू नै मानव अधिकारको सबभन्दा दृढ योद्धा हुन् र हुनसक्छन्। मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण तत्व हो र हुनुपर्दछ ।

५. बहुदलीय प्रतिस्पर्धा प्रणाली : राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र पार्टीको एकाधिकार हुनुहुँदैन । वर्गीय विविधता भएको समाजमा अनेकन राजनीतिक पार्टीहरू हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ ।

६. आवधिक निर्वाचन : जनताले एकपटक गरेको निर्णय संधैको निम्ति शाश्वत हुन सक्दैनन् । निर्वाचन–विचार, कार्यक्रम र नीतिहरूको आधारमा निश्चित अवधिमा हुनुपर्दछ । एउटै नीति र कार्यक्रम भित्र व्यक्ति मात्र रोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन ।

७. बहुमतको सरकार र अल्पमतको विपक्ष : बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिष्पर्धा हो । अर्को मूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारको विपक्षमा वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो ।

८. कानूनको शासन : कुनै पनि व्यक्तिमाथि कानून अनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्था । सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानून अनुसार गरिने छन् ।

९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण स्जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्था भएको हुनाले यसलाई चरणवद्ध रूपमा अगाडि बढाइने छ ।

पहिलो चरण : पुरानो व्यवस्थाका शोषणका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने ।
दोश्रो चरण : नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने ।
तेश्रो चरण : समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।

१०.विदेशी पूजी र प्रविधि : वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगत रूपमा ढोका बन्द गरिने छैन । संविधान र ऐन कानूनको सिमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिने छ ।

११. क्षतिपूर्ति : नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दार बाहेक अरूलाई जमिनको क्षतिपूर्ति दिइने छ । क्षतिपूर्तिलाई उद्योग, व्यापार र व्यवसायतर्फ स्थानान्तरित गराउने नीति लिइने छ ।

१२. विदेश नीति : पञ्चशिलको सिद्धान्त अनुरूप वैदेशिक सम्बन्ध कायम गरिने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने । क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने ।

१३. नेतृत्व र अधिनायकत्व : सेवा, पहलकदमी र प्रतिष्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शव्दको सट्टा आम रूपमा जनताको जनवादी राज्यसत्ता शव्दको प्रयोग गर्ने ।

१४. जनताको बहुदलीय जनवाद : यो नेपाली सन्दर्भको नयाँ जनवाद हो । नयाँ जनवादी क्रान्तिको सारतत्व र यस कार्यक्रममा थप १४ विशेषतालाई व्यक्त गर्ने गरि जनताको बहुदलीय जनवाद नामाकरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस