मृतकहरु लाई सामाजिक सांस्कृतिक सहिद घोषणा

जातिय छुवाछूतका नाममा रुकुम सोतीमा भएको नरसंहार को विरोधमा मसाल जुलुस

पीडित परिवार लाई क्षतिपूर्ति,हत्यारा लाई सर्वस्वहरण सहित जन्म कैदको माग गरेर आन्दोलन : संयोजक बोम विश्वकर्मा
जातिय छुवाछूतका नाममा रुकुम सोतीमा भएको नरसंहार को विरोधमा मसाल जुलुस

असार १३ गते २०७७

। रुकुम घटनाको विरोधमा संयुक्त दलित राजनीतिक संघर्ष समितिले मसाल जुलुस निकालेको छ ।  बाङ्गेमुढाबाट सुरु भएको मसाल जुलस असन चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । बिभिन्न राजनीतिक दलहरुका भातृ संगठन र संघसंस्थाहरु संलग्न संघर्ष समितिले काठमाडौं केन्द्रित दबावमुलक कार्यक्रम गर्दै आएको छ । जेठ १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । ति युवतीको आमाले तलाई डुम आज त मर्न भईस भन्दै अध्यक्ष डम्बर बहादुर मल्ल सहितको १ सय ५० भन्दा बढी को समूहले लखेटी लखेटी कुटी कुटी नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको हत्या गरेको परिवारले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेको अनुसन्धानमा भाग्दै गरेको नवराजको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको खुलेको थियो ।जेठ १० गते घटेको रुकुम सोतीको घटनामा बाँकेका दलित आन्दोलनका नेता पुजन विश्वकर्मा सहितको टोलीले घटनाको स्थलगत अध्ययन अनुगमन गरि हत्या भएको र हत्याको कारण जातिय छुवाछूत नै भएको निष्कर्ष निकालेको थियो । जेठ १३ बाट शुरु भएको सोती घटनाको विरोधमा दलित आन्दोलनकर्मीहरुले मृतकहरु लाई सामाजिक सांस्कृतिक सहिद घोषणा,घाईते १२ जनाको सुरक्षा,पीडित परिवार लाई क्षतिपूर्ति,हत्यारा लाई सर्वस्वहरण सहित जन्म कैदको माग गरेर आन्दोलन गरिरहेको संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक बोम विश्वकर्माले जानकारी दिए ।नेता विश्वकर्माका अनुसार देशभरका दलित समुदाय आन्दोलनमा उत्रेका छन् ।देशका सबै जसो गाउ शहरमा आन्दोलन भईरहेको बताउदै सरकारले अविलम्ब दलित आन्दोलनकर्मीका मागहरु सुन्नुपर्ने नागरिक समाजका अगुवाहरुले माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७