३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

वि.सं. २०५६ सालमा मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा स्थापित मदन भण्डारी फाउण्डेशन

तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदै

यस पटक विश्वमा फैलिएको महामारीबाट ‘आफु पनि बँचौ र अरुलाई पनि बचाऔं’ भन्ने उदेश्यले कोभिड–१९ का कारण फरक ढंगले जन्मजयन्ती मनाउने योजना बनाएको फाउन्डेशनले जनाएको छ
तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदै

असार १४ गते २०७७

–तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ ।

भण्डारीको जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । पार्टीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी मदन जयन्ती मनाउँदैछन् ।

वि.सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँधुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोरा मोतीराज भण्डारीको रुपमा मदन भण्डारीको जन्म भएको थियोे ।

पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा वि.संं २०५० जेष्ठ ३ गते दास ढुङ्गामा भएको गाडि दुर्घटनामा जीवराज आश्रितसंग जिवन गुमाउन पृुग्नुभएका भण्डारी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका, सिद्धान्तनिष्ठ राजनीतिज्ञका प्रवर्तक हुनुहुन्छ ।

उहाँले दिनुभएका योगदानलाई चिरस्थायी बनाउने उदेश्यले वि.सं. २०५६ सालमा मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा स्थापित मदन भण्डारी फाउण्डेशनले हरेक वर्ष देशव्यापीरुपमा विविध कार्यक्रम गरी मदन जयन्ती मनाउने गरेको छ ।

यस पटक विश्वमा फैलिएको महामारीबाट ‘आफु पनि बँचौ र अरुलाई पनि बचाऔं’ भन्ने उदेश्यले कोभिड–१९ का कारण फरक ढंगले जन्मजयन्ती मनाउने योजना बनाएको फाउन्डेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस