६सय २८ जना उपचार पछि घर फर्के

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९९

हालसम्म फेला परेका संक्रमितहरु अछामका १सय३३, बैतडीका २सय३१, बझाङ्गका ७२, बाजुराका २सय८७, डडेल्धुराका २सय२७, दार्चुलाका १७, डोटीका ३सय९२, कैलालीका ६सय६, कञ्चनपुरका ३सय७ गरी २हजार२ सय ७२ रहेका छन्
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९९

असार १५ गते २०७७

सुदूरपश्चिम प्रदेशमा थप १ सय ९६ मा कोभिड १९ संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९९ पुगेको छ । आइतबार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १ सय ९६ जनामा संक्रमण पुष्टि भएको होे । यसअघि नै ३ सय ६७ संक्रमित निको भइ घर गइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा २, त्रि.वि. पुष्टि भएका मध्ये कैलालीका २१ पुरुष र ८ महिला, बाजुराका ४९ पुरुष र ४७ महिला, डाटीका ५२ पुरुष र १७ महिला र दार्चुलाका २ पुरुष रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रदेशमा हालसम्म १७ हजार ५१० जनाको पीसीआर बिधिवाट जाँच गरिएको र १५ हजार २ सय ३८ मा नेगेटिभ आएको उनले बताए । ४हजार ५ सय ९ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिवाट १ लाख ९ हजार ६सय ९३ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका १सय३३, बैतडीका २सय३१, बझाङ्गका ७२, बाजुराका २सय८७, डडेल्धुराका २सय२७, दार्चुलाका १७, डोटीका ३सय९२, कैलालीका ६सय६, कञ्चनपुरका ३सय७ गरी २हजार२ सय ७२ रहेका छन् ।

क्वारेन्टाईनमा १२ हजार ५सय८९ पुरुष र ३ हजार २सय४६ महिला रहेका छन् । प्रदेशका विभिन्न आइसोलेसनमा शंकास्पद ३१ र संक्रमित १सय२२ गरी १सय५३ जनाको उपचार भइरहेको छ । ६सय२८ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १०, टिकापुरमा ४४, महाकालीमा २८, अछाममा १०, बझाङ्गमा १, डोटीमा २ ,बाजुरामा ४, दार्चुलामा १ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको उनले बताए । बाँकी भने ९ वटै जिल्लाको आईसोलेसनमा रहेको कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७