३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

जबजको महत्व बारे विचार विमर्श

मदन भण्डारीको ६९ औ जन्म जयन्तीको अवसरमा बाँकेमा बृक्षारोपण

जबज नेपालको मौलिक सिद्धान्त र विचार भएकाले नेकपाको आगामी अधिवेशनले जबज लाई सर्वसम्मत रुपमा पास गर्ने : ५ नं प्रदेश अध्यक्ष सुर्य ढकाल
मदन भण्डारीको ६९ औ जन्म जयन्तीको अवसरमा बाँकेमा बृक्षारोपण

असार १४ गते २०७७
मदन भण्डारी फाउन्डेशन बाँकेको आयोजनामा मदन भण्डारीको ६९ औ जन्मदिनको अवसरमा बाँकेको कोहलपुर,जानकी,खजुरा र नेपालगञ्जमा बृक्षारोपण गरिएको छ ।बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ को जानकीनगरमा आँप, लिची,अमला लगायतका फलफूलका विरुवा ४३ घरपरिवार लाई वितरण गरिएको मदन भण्डारी फाउन्डेशनका ५ नं प्रदेश अध्यक्ष सुर्य ढकालले बताए । सो कार्यक्रममा नेकपा ५ नं प्रदेश कमिटि सदस्य पुजन विश्वकर्मा,नेकपा बाँकेका सचिवालय सदस्य तेज प्रसाद चापागाई,जिल्ला कमिटि सदस्य बलराम भट्टराई,नेता खिलक केसी,अखिलका सुर्य रोकाय,राष्ट्रिय युवा संघका खेमराज शर्मा,वडा अध्यक्ष नयन बहादुर शाही,वडा सदस्य काशीराम थारु लगायतको उपस्थिति थियो ।जानकी गाँउपालिकाको वडा नं ४ गिरजा गाँउमा २ सय बिरुवा बृक्षारोपण गरिएको मदन भण्डारी फाउन्डेशन बाँकेका अध्यक्ष पदम धितालले बताए ।

हर्रोबर्रो,जामुुन,निम,लिपिस्टिक लगायतका विरुवा रोपिएको सो कार्यक्रममा जानकी गाँउपालिका अध्यक्ष रामनिवास यादव,उपाध्यक्ष भुमिसरा ढकाल,कार्यकारी अधिकृत हरि खत्री लगायतको सहभागिता थियो । यसै गरि खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कक्षपतिले खजुरा गाँउपालिका वडा नं ६मा ६ सय ८० वटा विरुवा बृक्षारोपण गरिएको बताए । अध्यक्ष किस्मत कक्षपतिले बकाईनो,सागुन र अर्जुन प्रजातिका विरुवा खजुरा औद्योगिक ग्राम परिसरमा बृक्षारोपण गरिएको जानकारी दिए ।नेकपा बाँकेका आमन्त्रित कार्यालय सदस्य अशोक कर्माचार्यले नेपालगञ्ज स्थित निजि निवासमा बृक्षारोपण गरिएको बताए । नेकपा बाँकेका नेता घननाथ खनालले बैजनाथमा कार्यक्रमको तयारी भईरहेको जानकारी दिएका छन् ।सोमबार दिनभर बाँकेमा राजनेता मदन भण्डारीको योगदान जनताको बहुदलिय जनवाद र नेपालको सन्दर्भमा जबजको महत्व र आवश्यकताका बारेमा छलफल र विचार विमर्श भएको नेता पुजन विश्वकर्माले बताए । मदन भण्डारी फाउन्डेशनका ५ नं प्रदेश अध्यक्ष सुर्य ढकालले जबज नेपालको मौलिक सिद्धान्त र विचार भएकाले नेकपाको आगामी अधिवेशनले जबज लाई सर्वसम्मत रुपमा पास गर्ने समेत दावी गरे ।

प्रतिक्रिया दिनुहोस