अति विपन्न र सीमान्तकृत समुदायलाई पनि सहयोग

कोरोनाको खोप बनाउन ७ खर्ब ३६ अर्ब रुपैयाँ संकलन भयो

शनिबार आयोजित ग्लोबल फण्डरेइजिङ मिटिङमा माइली साइरस, जस्टिन बीबर, शकीरा, क्लो एक्स बैले, उशर लगायत कलाकारहरुले प्रस्तुती समेत दिएका थिए
कोरोनाको खोप बनाउन ७ खर्ब ३६ अर्ब रुपैयाँ संकलन भयो

असार १५ गते २०७७

कोभिड–१९ ९कोरोना० भाइरस संक्रमितको उपचारका लागि आवश्यक खोप बनाउन ६ अर्ब डलर (करिब ७ खर्ब ३६ अर्ब रुपैयाँ) जुटेको छ। रोयटर्सका अनुसार युरोपेली संघ (इयु) सहित विश्वका विभिन्न मुलुक र संस्थाहरुले कोरोना विरुद्धको खोप बनाउन यो रकम योगदान गरेका हुन्। शनिबार आयोजित ग्लोबल फण्डरेइजिङ मिटिङमा माइली साइरस, जस्टिन बीबर, शकीरा, क्लो एक्स बैले, उशर लगायत कलाकारहरुले प्रस्तुती समेत दिएका थिए। विश्वका प्रमुख टेलिभिजनबाट यो सम्मेलन प्रसारण गरिएको थियो। खोप अनुसन्धान र विकासका लागि युरोपेली इन्भेष्टमेन्ट बैंकले ५ अर्ब ५० करोड, अमेरिकाले ५४ करोड ५० लाख डलर, जर्मनीले ३८ करोड ३० लाख युरो, क्यानाडाले २१ करोड ९० लाख डलर र कतारले १ करोड डलर योगदान गरेको छ। विभिन्न ४० मुलुकले यो सम्मेलनमा सहभागिता जनाएका थिए। संकलित रकम कोरोना परीक्षण, उपचार र खोपका लागि खर्च गरिनेछ। साथै, विश्वका अति विपन्न र सीमान्तकृत समुदायलाई पनि सहयोग गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७