सलह मारे प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय

कैलालीमा पनि देखियो सलह

कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको छ
कैलालीमा पनि देखियो सलह

असार १५ गते २०७७

कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको छ । स्थानीय रामप्रसाद कठरियाले खेतमा मल छर्न जाँदा सलह किरा देखेको बताए । बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले वडा नम्बर ६ बाट सलह देखिएको भन्दै किसानले फोन गरेको बताए । उनले भने, ‘अहिलेसम्म सलह भन्ने छ त्यहाँ पुगेपछि विस्तृत थाहा हुन्छ ।’

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले कैलालीमा सलह आएको जानकारी आएको बताए । ‘हामीलाई खबर आएको छ । केही त स्थानीयले पनि मारे’ उनले भने । प्रदेश सरकारले आईतबार सलह मारे प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७