१४ दिन होम क्वारेन्टिनमा बस्ने मापदण्ड बनाउ

भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि : सीसीएमसी निर्देशक समितिको बैठक

बैठकले स्वास्थ्य सामग्री उपहार दिन जान उपहार दिने नाममा आफूखुसी क्वारेन्टिन स्थलहरुमा जान नदिने निर्णय गरेको छ
भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि : सीसीएमसी निर्देशक समितिको  बैठक

असार १५ गते २०७७

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर(सीसीएमसी) ले खुकुलो लकडाउन (लुजडाउन) मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ । सीसीएमसी निर्देशक समितिको सोमबार बसेको बैठकले भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि जनाएको छ । अघिल्लो बैठकले मापदण्ड बनाएर लागू गर्न भनेपनि नभएको भन्दै सोमबारको बैठकले कडाईका साथ लागू गर्न भनेको महेन्द्र गुरागाईंले जानकारी दिए ।

बैठकले स्वास्थ्य सामग्री उपहार दिन जान उपहार दिने नाममा आफूखुसी क्वारेन्टिन स्थलहरुमा जान नदिने निर्णय गरेको छ । सकेसम्म स्वास्थ्य मन्त्रालयमै यस्ता सामग्री दिनुपर्ने र क्वारेन्टिन स्थलमा जानुपर्ने भए स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने बताएको छ । साथै हवाई तथा स्थलमार्गमार्फत काठमाडौं आउनेहरुलाई वडा र प्रहरीको सिफारिसमा १४ दिन होम क्वारेन्टिनमा बस्ने मापदण्ड बनाउन स्वास्थ्यलाई भनेको छ ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७