२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भए

मंगलबार थपिए कोरोनाका ३ सय १६ संक्रमित,,कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४

हालसम्म कुल २ लाख २८ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण : प्रवक्ता डा. जागेश्वर गौतम
मंगलबार थपिए कोरोनाका ३ सय १६ संक्रमित,,कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४

असार १६ गते २०७७

मंगलबार कोरोनाका ३ सय १६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३ सय १६ संक्रमित थपिएको जानकारी दिए। यो संख्या थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। त्यस्तै मंगलबार विभिन्न अस्पतालबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ५१ पुरुष र ९ महिला छन्।

यीसहित हालसम्म कुल ३ हजार १ सय ९४ जना कोरोनाबाट मुक्त भएका छन्। २९ जनाले कोरोना संक्रमण भई ज्यान गुमाएका छन्। विगत २४ घण्टामा मुलुकभर ४ हजार ७ सय ११ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म कुल २ लाख २८ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस