२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

ईश्वरमा आधारित धर्म अनुमानमा आधारित धर्म : बुद्ध

संसारको सृष्टि ईश्वरले गरेका होइनन्, गौतम बुद्धका ८ तर्क

कर्मकाण्डले पुरोहितलाई महत्व दिन्छ, तिनै पुरोहितहरूले अन्धविश्वास सिर्जना गर्छन्,ईश्वरमाथिको विश्वास सबैभन्दा खतरनाक कुरा हो : गौतम बुद्ध
संसारको सृष्टि ईश्वरले गरेका होइनन्, गौतम बुद्धका ८ तर्क

असार १६ गते २०७७

संसारको सृष्टि कसले गर्‍यो ? यो एकदम साधारण प्रश्न हो। ईश्वरले संसारको सृष्टि गरे भन्ने उत्तर पनि उत्तिकै साधारण हुनआउँछ।ब्राह्मण धर्ममा ईश्वरलाई विभिन्न नाम दिइएको छ( प्रजापति, ईश्वर, ब्रह्म वा परमब्रह्म। यी ईश्वर को हुन् र कसरी अस्थित्वमा आए भन्ने प्रश्नको कुनै जवाफ छैन। ईश्वरमा विश्वास गर्नेहरूका लागि ईश्वर सर्वव्यापी, सर्वशक्तिमान र सर्वज्ञ छन्। अर्थात्, ईश्वर जहाँसुकै छन्, जे पनि गर्न सक्छन् र उनलाई सबैकुराको ज्ञान छ। ईश्वरलाई केही नैतिक गुणाले पनि सजाइएको छ। उनी असल छन्, न्याय गर्छन् र सबैलाई प्रेम गर्छन् भनिन्छ।

के गौतम बुद्धले ईश्वरले ब्रह्माण्डको सृष्टि गरे भन्ने स्वीकार गर्नुभएको छ? होइन, उहाँले अस्वीकार गर्नुभएको छ। भगवत बुद्धले ईश्वरको अस्तित्व अस्वीकार गर्नुका कारणहरू छन् । मानिसले ईश्वरबारे कुरा गरेका छन्, तर अहिलेसम्म कसैले पनि ईश्वरलाई देखेको छैन, ईश्वर अज्ञात छन्। त्यस्तै, कसैले पनि ईश्वरले संसार सृष्टि गरे भनी प्रमाण दिन सक्दैन । किनभने संसारको उद्‍‍विकास भएको हो, कसैले सृष्टि गरेको होइन।

भगवत बुद्धले ईश्वरको अस्तित्व अस्वीकार गर्नुका कारणहरू छन् । मानिसले ईश्वरबारे कुरा गरेका छन्, तर अहिलेसम्म कसैले पनि ईश्वरलाई देखेको छैन, ईश्वर अज्ञात छन्। त्यस्तै, कसैले पनि ईश्वरले संसार सृष्टि गरे भनी प्रमाण दिन सक्दैन । किनभने संसारको उद्‍‍विकास भएको हो, कसैले सृष्टि गरेको होइन।

ईश्वरमा आस्था राखेर के हुन्छ ? यसबाट मानवतालाई कुनै फाइदा छैन । बुद्ध भन्नुहुन्छ, ईश्वरमा आधारित धर्म अनुमानमा आधारित धर्म हो। त्यसैले, ईश्वरमा आधारित धर्म अपनाउन योग्य छैन । अन्तत: यसले अन्धविश्वास बढाउने मात्रै हो। बुद्धले यो प्रश्न यतिमै थाँती राख्नुभएन, यसका विभिन्न पक्षबारे थप चर्चा गर्नुभयो। उहाँले ईश्वरको अस्तित्वको सिद्धान्त अस्वीकार गर्नुका विभिन्न आधारहरू थिए। ती आधार उहाँले सबैले बुझ्ने गरी राख्नुभयो। बुद्धले भन्नुभयो, ईश्वरको अस्तित्वको सिद्धान्त सत्यतामा आधारित छैन। ब्राह्मणहरू वासेट्ठ र भारद्वाजसँगको संवादमा उहाँले यसबारे प्रष्ट व्यख्या गर्नुभएको छ।

एकपटक मोक्षको सत्य मार्ग कुन हो र कुन मार्ग गलत हो भन्ने विषयमा वासेट्ठ र भारद्वाजबीच विवाद भयो। संयोगवश गौतम बुद्ध यही समय भिक्षुहरूको साथमा कोशलको बाटो भएर यात्रारत हुनुहुन्थ्यो। ब्राह्मण बस्ती मानसकटको अकिरावती किनारमा रहेको एउटा आँपको रूखमुनि उहाँ विश्राम गरिरहनु भएको थियो। वासेट्ठ र भारद्वाज यही मानसकटमा बस्थे। बुद्ध आफ्नो ठाउँमा आउनुभएको खबर पाएपछि उनीहरू हत्तपत्त त्यता दौडिए । र, दुवैले बुद्धसमक्ष आ-आफ्नो कुरा राखे ।

भारद्वाजले भने, ‘तरुक्खले निर्देश गरेको मार्ग नै मोक्षको सरल मार्ग हो । यसको नियम पालना गर्ने मानिस यही मार्ग भएर नै ब्रह्मसम्म पुग्छ र ब्रह्मसँग उसको मिलन हुन्छ ।’

वासेट्ठले भने, ‘हे गौतम, अलग-अलग ब्राह्मणले अलग-अलग मार्गको शिक्षा दिन्छन्। अद्धरिय ब्राह्मण, तैत्तिरिय ब्राह्मण, कान्छोक ब्राह्मण, भिहुवर्गिय ब्राह्मण सबैले उनीहरूले देखाएको मार्गबाट मात्र ब्रह्मसँग मिलन हुन्छ भन्छन्। जसरी एउटा गाउँ वा शहर नजिक अनेक बाटा हुन्छन्, र तिनीहरू अन्तत: गाउँ वा शहरसम्म पुग्छन्, त्यसैगरी यी विभिन्न ब्राह्मणले देखाएका सबै मार्ग ब्रह्मसम्म पुग्छन्।’

बुद्धले सोध्नुभयो, ‘तिमीलाई ती सबै मार्ग सही छन् भन्ने लाग्छ?’ ‘हो भगवत,’ वासेट्ठले जवाफ दिए।

‘वासेट्ठ, अब मलाई भन तीनै वेदका ऋचाहरूमा कुनै ब्राह्मणले आफ्नै आँखाले साक्षात ब्रह्मको दर्शन गरेको उल्लेख छ?’ बुद्धले सोध्नुभयो। ‘त्यस्तो त छैन तथागत!’ वासेट्ठले जवाफ दिए।

‘तीनै वेदमा कुनै गुरूले साक्षात ब्रह्मको दर्शन गरेको उल्लेख छ ?’ बुद्धले फेरि सोध्नुभयो । ‘छैन तथागत,’ वासेट्ठले विनम्रतापूर्वक जवाफ दिए।

‘कसैले पनि ब्रह्मलाई देखेको छैन, ब्रह्मको अस्तित्व प्रमाणीत गर्ने कुनै ज्ञान छैन,’ भवगतले भन्नुभयो, ‘हे वासेट्ठ, तिमी के आधारमा ब्रह्मको अस्तित्वबारे ब्राह्मणहरूले भनेको कुरामा विश्वास गर्छौ ?न त सबैभन्दा अगाडिकोले नै देखेको छ, न त बीचमा हुनेले देखेको छ, न त सबैभन्दा पछाडि हुनेले नै देखेको छ । त्यसैले हे वासेट्ठ, ब्राह्मणहरू जे भन्दैछन्, त्यो कपोकल्पित कुरा हो। ब्राह्मणहरूको यो कुरा हाँस्यासपद छ। यो अर्थहिन शब्दजाल मात्रै हो। हे वासेट्ठ, के यो एउटा पुरूष आफूले कहिल्यै नदेखेकी युवतीको मायाजालमा परेको जस्तै होइन ?’

‘हो तथागत१’ वासेट्ठले सहमति जनाए।

बुद्धले भन्नुभयो, ‘हे वासेट्ठ, अब मलाई भन, यदि कसैले त्यो पुरूषलाई सोध्यो, ‘तिमीले यति प्रेम गर्न संसारकी सबैभन्दा सुन्दर युवती को हुन्र के उनी राजन्य कन्या हुन् कि ब्राम्हण कन्या हुन्, उनी वैश्य हुन् वा सुद्र ?’ अब उसले के जवाफ दिन्छ?

भारद्वाज र वासेट्ठलाई हेर्दै बुद्धले दोस्रो तर्क राख्नुभयो,‘ हे ब्राह्मण, तिमीहरू ब्रह्मको उत्पति सबैभन्दा पहिले भयो भन्छौ। उनले ‘म ब्रह्म हुँ, म परम‍्‍ब्रह्म हुँ, म सर्वजयी हुँ, म अपराजित हुँ, सबैको रक्षक हुँ, संहारकर्ता हुँ, सबैको स्वामी हुँ, सृष्टिको रचनाकार हुँ, सर्जक हुँ, म सबैको केन्द्र हुँ, आफ्नो स्वामी म आफैं हुँ र तमाम् सृष्टिको पिता हुँ’ भन्दछन् भन्ने मान्छौ। यसको अर्थ उनी नै हामी सबैका पिता हुन भन्ने हो। तिमीहरू पनि भन्छौ, पूजनीय ब्रह्म, सर्वविजेता, अपराजित, सबैका पिताबाट नै हाम्रो सृष्टि भएको हो। उनी स्थायी छन्, स्थीर छन्, अपरिवर्तनीय छन् र उनी सदासर्वदा यस्तै रहिरहनेछन् । त्यसोभए, हे ब्राह्मण, मलाई भन उनकै सृष्टि हामी किन यति अस्थायी छौं, यति अस्थीर छौं, यति परिवर्तनशील छौं? हाम्रो जीवन किन यति छोटो छ, हाम्रो मृत्यु किन अनिवार्य छ ?’

वासेट्ठसँग कुनै जवाफ थिएन । उनी मौन रहे ।

यसपछि बुद्धले ईश्वरको सर्वव्यापकतालाई लिएर तेस्रो तर्क राख्नुभयो, ‘यदि ईश्वर सर्वव्यापी छन् भने र उनकै चाहनामा सबै सृष्टि भएको हो भने, हे वासेट्ठ, मानिसलाई सधैं केही गरिरहने ईच्छाले नबाँध्नु पर्ने हो, न त केही गर्ने आवश्यकता नै हुनुपर्ने हो। यो संसारमा उसको कुनै भूमिका नहुनु पर्ने हो, मानिस पूर्णत:निष्क्रिय रहनु पर्ने हो। त्यसोभए हे ब्राह्मण, मलाई भन, ब्रह्मले मानिसको सृष्टि किन गरे ?’

वासेट्ठसँग यसको पनि जवाफ थिएन ।

बुद्धको चौथो तर्क थियो, यदि ईश्वर असल छन् भने उनकै सृष्टि मानिस किन हत्या गर्छ, चोर्छ, यौनलिप्सा राख्छ, झुट बोल्छ, अरूको निन्दा गर्छ, अप्रीय बचन बोल्छ, लोभ गर्छ, रिस गर्छ र विकृत हुन्छ ? ईश्वरले मानिको सृष्टि गरेका हुन् भने यी सबैको कारण पनि ईश्वर नै हुनुपर्ने हुन्छ। के असल ईश्वरबाट यस्तो सम्भव छ ?

पाँचौ तर्कमा बुद्धले ईश्वरको सर्वज्ञान, न्याय र दयाको खण्डन गर्नुभयो।

उहाँले भन्नुभयो, ‘यदि ईश्वरसँग न्याय र दया भइदिएको भए संसारमा यति धेरै अन्याय किन हुन्थ्यो ? संसारमा यति धेरै समस्या देख्दादेख्दै, ती सर्जकले, ब्रह्मले किन यो सबै समाधान गर्दैनन्र यदि उनीसँग त्यतिधेरै शक्ति छ र त्यसलाई रोक्ने सामर्थ्य कसैको छैन भने यो समस्याबाट छुटकारा दिलाउन उनको हात किन उठ्दैन? उनले नै सृष्टि गरेका प्राणीहरू दुस्ख भोग्न किन अभिशप्त छन्रु किन उनी सबैलाई खुशीको बर्दान दिदैनन् ?संसारमा किन छल, झुट, अज्ञानता व्याप्त छ? यहाँ सत्य र न्याय किन अप्राप्य छ? तिमीहरूको ब्रह्मलाई मेरो चुनौति छ, उनी सबैभन्दा अन्यायी हुन् जसले यो संसारलाई असत्यको घर बनाए । हरेक प्राणीको भागमा सुख वा शोक, असल कर्म वा खराब कर्म के पर्ने भनेर निर्धारण गर्ने शक्ति भएका सर्वशक्तिमान ईश्वर कतै छन् भने उनीमाथि पापको धब्बा लागेको हुनुपर्छ। कि त मानिस ईश्वरको ईच्छाबाट सञ्चालित नै छैन, कि त ईश्वरसँग सत्य र न्याय छैन।’

ईश्वरको अस्तित्व किन छैन भन्ने विषयमा बुद्धको अर्को मत थियो, ईश्वर छन् कि छैनन् भन्ने छलफल नै व्यर्थ छ । यसबाट केही फाइदा हुँदैन । बुद्धका अनुसार धम्मको केन्द्र मानिस र ईश्वरबीचको सम्बन्ध होइन, मानिस-मानिसबीचको सम्बन्ध हो। धम्मको उद्देश्य मानिसलाई अरू मानिससँग कस्तो व्यवहार गर्नुपर्छ भनेर सिकाउनु हो, जसले गर्दा सबै मानिस खुशी हुन सक्छन् ।

ईश्वरको अस्तित्वको खण्डन गर्नुको पछाडि भवगतसँग अर्को पनि कारण थियो । उहाँ वैदिक होम, यज्ञ, बली सबै कर्मकाण्डको विपक्षमा हुनुहुन्थ्यो किनभने कर्मकाण्डले अन्धविश्वास बढाउँछ । र, अन्धविश्वास नै सम्म दिती (सम्यक दृष्टि)को सबैभन्दा ठूलो शत्रु थियो । सम्म दिती नै बुद्धको अष्टाङ्ग मार्गको सबैभन्दा मुख्य तत्व हो । बुद्धका अनुसार ईश्वरमाथिको विश्वास सबैभन्दा खतरनाक कुरा हो। ईश्वरमाथिको विश्वासले पूजा र आराधना र अरू कर्मकाण्डका लागि प्रेरित गर्छ, कर्मकाण्डले पुरोहितलाई महत्व दिन्छ। तिनै पुरोहितहरूले अन्धविश्वास सिर्जना गर्छन्। अन्धविश्वासले मान्छेमा सम्म दिती विकास हुन दिँदैन

अन्धविश्वास नै सम्म दिती (सम्यक दृष्टि)को सबैभन्दा ठूलो शत्रु थियो । सम्म दिती नै बुद्धको अष्टाङ्ग मार्गको सबैभन्दा मुख्य तत्व हो । बुद्धका अनुसार ईश्वरमाथिको विश्वास सबैभन्दा खतरनाक कुरा हो। ईश्वरमाथिको विश्वासले पूजा र आराधना र अरू कर्मकाण्डका लागि प्रेरित गर्छ, कर्मकाण्डले पुरोहितलाई महत्व दिन्छ। तिनै पुरोहितहरूले अन्धविश्वास सिर्जना गर्छन्। अन्धविश्वासले मान्छेमा सम्म दिती विकास हुन दिँदैन ।

बुद्धका यी ७ तर्कहरू सैद्धान्तिक र व्यवहारिक दुवै थिए । तर, बुद्धलाई थाहा थियो, यी तर्कहरू ईश्वरमाथिको विश्वास हटाउन चाहिनेजति धारिला थिएनन् । यसको अर्थ, बुद्धसँग त्यस्तो तर्क थिएन भन्ने होइन । त्यो अन्तिम अश्त्र थियो, जसले ईश्वरको अस्तित्वको पक्षमा हुने कुनै पनि तर्कलाई परास्त गर्न सक्थ्यो।

बुद्धको त्यो तर्क पतित-समुत्पादको सिद्धान्तमा थियो, जसको अर्थ परनिर्भर उत्पति हो। यो सिद्धान्त अनुसार ईश्वरको अस्तित्व छ कि छैन भन्ने प्रश्न प्रमुख प्रश्न होइन, न त ईश्वरले ब्रह्माण्डको सृष्टि गरेका हुन् कि होइनन् भन्ने नै मुख्य प्रश्न हो । वास्तविक प्रश्न त सृष्टिकर्ताले कसरी संसारको रचना गरे भन्ने हो । ईश्वरमाथिको विश्वासको विषय यही प्रश्नको उत्तरमा निर्भर हुन्छ । यससँगै जोडिएर आउने महत्वपूर्ण प्रश्न छ, ईश्वरले पहिले भएकै (कुनै तत्व वा केही)बाट संसारको सृष्टि गरे वा शुन्यबाट संसारको सृष्टि गरे? एकातिर शुन्यबाट संसारको सृष्टि सम्भव हुँदैन। अर्कातिर उनले पहिले भएकै केहीबाट संसारको सृष्टि गरे भने त्यो नयाँ सृष्टि नै भएन। त्यो त पहिल्यैदेखि थियो, जो ईश्वरले सृष्टि गरेको होइन, उनी सृष्टिकर्ता होइनन्। यदि ईश्वरले पहिलेदेखि कै अस्तित्वलाई प्रयोग गरेर यो संसारको सृष्टि गरे भने उनी सृष्टिकर्ता हुनसक्दैनन्।
यो बुद्धको अन्तिम तर अकाट्य तर्क थियो।

ईश्वरले संसार सिर्जना गरेका हुन् भन्ने गलत अवधारणामा विश्वास गर्नु अधम्म हो। यो झुटमाथिको विश्वासमात्रै हो।

प्रस्तुत सामग्री हामीले रोहेज खतिवडाको व्लगबाट लिएका हौं । उनले यो अम्बेडकरको पुस्तक The Buddha and His Dhamma बाट अनुवाद गरेका हुन् । साभार रातोपाटी

प्रतिक्रिया दिनुहोस