२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

दाङका १० वटै स्थानीय तहका ५८८ जनामा कोरोना

दाङमा वडा अध्यक्षसहित २१ जनामा कोरोना संक्रमण

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले मंगलवार सार्वजनिक गरेको पीसीआर परीक्षणमा वडा अध्यक्षसहित दाङमा थप २१ जनामा कोरोना पुष्टि भएको हो
दाङमा वडा अध्यक्षसहित २१ जनामा कोरोना संक्रमण

असार १७ गते २०७७

दाङको तुलसीपुर उपमहानगरपालिकाका एक वडा अध्यक्षलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले मंगलवार सार्वजनिक गरेको पीसीआर परीक्षणमा वडा अध्यक्षसहित दाङमा थप २१ जनामा कोरोना पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्षमा कोरोना पुष्टि भएको हो । मंगलबार तुलसीपुरका ६ जना, शान्तिनगरका ४ जना र घोराहीका ११ जनामा कोरोना पुष्टि भएको हो। सल्यानका दुईजनामा पनि कोरोना पुष्टि भएको छ । दाङका १० वटै स्थानीय तहका ५८८ जनामा कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस