२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

५ जना कोरोना बाट निको भई घर फर्किसके

बाँकेको कोहलपुर नगरपालिकामा ३ जना कोरोना संक्रमित थपिए : प्रमुख डिल्लीराज पोखरेल

क्वारेन्टाईनमा रहेका १हजार २ सय ६४ मध्ये ८ सय ५९ ¥यापिड टेष्ट र ४ सय ८१ पिसिआर टेष्ट गर्दा १५ जनामा कोरोना संक्रमण : शारदा चन्द
बाँकेको कोहलपुर नगरपालिकामा ३ जना कोरोना संक्रमित थपिए : प्रमुख डिल्लीराज पोखरेल

असार १७ गते २०७७

कोहलपुर नगरपालिकामा कोरोनाको पिसिआर परिक्षणमा वडा नं २ मा थप ३ जनामा कोरोना संक्रमण पाईएको नगर स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज पोखरेलले बताए । कोहलपुर नगरपालिका वडा नं २ का ९ वर्ष र ३९ वर्षका पुरुष र २३ वर्षका महिलामा कोरोना संक्रमण भेटिएको हो । बैशाख २ गते बाट कोरोना कोभिड १९ को परिक्षण शुरु भएको कोहलपुर नगरपालिकामा मात्र १५ जना कोरोना संक्रमित फेला परेका छन् । क्वारेन्टाईनमा रहेका १हजार २ सय ६४ मध्ये ८ सय ५९ ¥यापिड टेष्ट र ४ सय ८१ पिसिआर टेष्ट गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको नगर स्वास्थ्य शाखाकि शारदा चन्द बताउछिन् ।

नगर स्वास्थ्य शाखा कोहलपुरका अनुसार संक्रमित मध्ये ४ महिला र ११ पुरुष रहेका छन् ।कोहलपुर नगरपालिका वडा नं १२मा ३,वडा नं ८मा २,वडानं १ मा १ र वडा नं २ मा ७ जना कोरोना संक्रमित रहेको नगर स्वास्थ्य शाखा कोहलपुरले जनाएको छ ।कोहलपुरमा आईशोलेशनमा बस्नेको संख्या ५३ जना भए पनि ४९ जना निको भएर घर फर्किएको नगर स्वास्थ्य प्रमुख डिल्लीराज पौडेलले बताए । प्रमुख पौडेलका अनुसार कोहलपुर नगरपालिका वडा नं ४को वेडवनपुरमा बैशाख ३० गते मुस्लिम समुदाय र मस्जिद समेतको नजिकका मानिसहरुको कोभिड १९ परिक्षण गर्दा कुनै संक्रमित फेला नपरेकाले कोरोना समुदाय स्तरमा नरहेको पुष्टि भएको बताए । त्यसो त कोहलपुर स्थित त्रिपुरागण,वडा नं ८ पिपरीमा पनि परिक्षण गर्दा कुनै पनि संक्रमित फेला परेका छैनन् । असार १७ गते कोहलपुर ११ मा कोभिड परिक्षण गर्दा फेला परेका ३ जना महिला लाई खजुरा स्थित आईशोलेशन वार्डमा भर्ना गरिएको थियो ।नगर स्वास्थ्य शाखाका अनिल सिंह ठकुरीले १५ संक्रमित मध्ये ५ जना कोरोना बाट निको भई घर फर्किसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस