१ आश्विन २०७७, बिहीबार || 17 Sep 2020, Thursday

उपत्यकामा भेटिए १७ संक्रमित

थप ४ सय ८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

देशभरका प्रयोगशालामा ४ हजार ८सय८६ नमुना परीक्षण गर्दा ४ सय ५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो
थप ४ सय ८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

असार १७ गते २०७७

पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना भाइरस देशभरका प्रयोगशालामा ४ हजार ८सय८६ नमुना परीक्षण गर्दा ४ सय ५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो स (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।।

यससँगै संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १४ हजार ४६ जना संक्रमित भएका छन् । उनीहरूमध्ये ३० जनाको मृत्यु भएको छ भने ४ हजार ६सय ५६ जना डिस्चार्ज भएका छन् ।

कहाँ–कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै अछाममा १सय३५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०/२० जना, बझाङका १८, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११र११ जना र लमजुङका १० जना संक्रमित भएका छन् ।

यस्तै, स्याङ्जा र गुल्मीका ८/८ जना, कास्की, गोरखा, बाग्लुङका ३र३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, दैलेख र कालीकोटका २/२ मा संक्रमण पुष्टि भएको छ । ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र अछामका एकएक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उपत्यकामा भेटिए १७ संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंका ५ महिला र ५ पुरुष, ललितपुरका ३ महिला र २ पुरुष तथा भक्तपुरका १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस