३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

जिल्ला अस्पताल गोरखामा उपचार गरिदै

गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दियो, पाँच सैनिक घाइते

तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई बुधबार साँझ ५ बजे विपरीत दिशाबाट जाँदै गरेको लु १ प ३८४६ नम्वरको टिपरले ठक्कर दिएको हो
गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दियो, पाँच सैनिक घाइते

असार १७ गते २०७७

गोरखा नगरपालिका-११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् । घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई बुधबार साँझ ५ बजे विपरीत दिशाबाट जाँदै गरेको लु १ प ३८४६ नम्वरको टिपरले ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका सैनिकलाई उपचारका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए ।

अनलाईन खबर

प्रतिक्रिया दिनुहोस